सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लमजुङमा आगामी पुस १२ गतेदेखि २९ औँ त्रिवेणी कप हुँदै


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १२:१६ 
  • लमजुङ, २७ कात्तिक । जिल्लाकै ठूलो राशि भएको २९ त्रिवेणी कप प्रतियोगिता बेँसीसहरमा आगामी पुस १२ गतेदेखि सञ्चालन हुने भएको छ । बेँसीसहर नगरपालिका–७ स्थित सहजी खेलमैदानमा त्रिवेणी युवा क्लबको आयोजनामा २९औँ त्रिवेणी कप राष्ट्रव्यापी फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । आयोजक क्लवले आज पत्रकार सम्मेलन गरी उक्त प्रतियोगिताबारे जानकारी गराएको हो । वर्षेनि यहाँ उक्त प्रतियोगिता हुँदै आए पनि गत वर्ष कोरोना सङ्क्रमणका कारण स्थगित गरिएको र यस वर्ष जोखिम कम भएकाले प्रतियोगितालाई निरन्तरता दिन लागिएको क्लबका अध्यक्ष विनोद गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “खेलाडीहरुको प्रतिभा तिखार्दै राष्ट्रिय खेलाडी उत्पादन गर्नेदेखि जिल्ला र देशलाई चिनाउन यस प्रतियोगिताले सहयोग गर्नेछ ।

    फुटबल खेललाई व्यावसायिक बनाउने, प्रतिभाशाली खेलाडीको पहिचान गराउने र स्थानीय खेलाडीलाई राष्ट्रियस्तरका खेलाडीसँग खेलको अनुभव बटुल्न अवसर दिने भएकाले सो प्रतियोगिता आयोजना गर्न लागेको बताइएको छ । यस्ता प्रतियोगिताबाट वर्षेनि राम्रा राम्रा खेलाडी उत्पादन हुँदै आएका र यस वर्षसमेत राम्रो फुटबल खेलाडी उत्पादन हुने अपेक्षा आयोजकको छ । यस प्रतियोगितामा लमजुङसहित काठमाडौ, पोखरा, चितवन, मनाङ, गोरखा, तनहुँलगायत ठाउँबाट करिब २५ टोलीको सहभागिता हुने अपेक्षा गरिएको छ ।

    प्रथम हुने टोलीलाई रू पाँच लाख, पदक, ट्रफी र प्रमाणपत्र र दोस्रोलाई रू तीन लाखसहित अन्य पुरस्कार दिइने क्लबका अध्यक्ष गुरुङले बताउनुभयो । त्यस्तै, सेमिफाइनमा पुग्ने दुई टोलीलाई रू ५०÷५० हजार र प्रमाणपत्र, सर्वाधिक गोलकर्ता र सर्वोत्कृष्ट खेलाडीलाई जनही रु १५÷१५ हजार प्रदान गरिने भएको छ । प्रतियोगिताको क्वार्टर फाइनलभन्दा माथिमा खेलहरुमा ‘म्याच अफ दी म्याच’ घोषणा गरेर ट्रफी र प्रमाणपत्र वितरण गरिने भएको छ ।प्रतियोगितामा करिब २५ टोलीको सहभागी हुने अपेक्षा भए तापनि राम्रो टोली छनोट गरेर १६ टोलीलाई मात्र खेलाउने कि वा सहभागी सबै टोलीलाई खेलाउने भन्ने विषयमा टुङ्गो लगाउन भने बाँकी रहेको अध्यक्ष गुरुङले भन्नुभयो ।

    उहाँका अनुसार प्रतियोगितामा दैनिक पाँच हजार दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको छ । करिब १० दिनसम्म हुने प्रतियोगिता अवधिभर ५० हजार दर्शकको उपस्थित हुने अनुमान आयोजकको छ । यहाँ सहभागी दर्शकमध्ये दैनिक आठ सयलाई प्याराफिट सिटमा बस्न सक्ने र उनीहरुलाई प्रतिव्यक्ति रु ५० टिकटको व्यवस्था गरिने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.