सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

डडेल्धुरा कांग्रेसको अधिवेशनलाई निर्वाचन समितिले दियो वैधता


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १०:१४ 
  • काठमाडौं,२७ कात्तिक । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले डडेल्धुरा जिल्लाको वडा र पालिका अधिवेशनलाई वैधता दिएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा एक पक्षीय रुपमा संस्थापन समूहले अधिवेशन गरेको भन्दै अर्को पक्षले विरोध जनाउँदै आएको छ ।

    निर्वाचन समितिले डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको हो । समितिको पछिल्लो संशोधित कार्यतालिकामा डडेल्धुरामा मंसिर तीन गते प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने उल्लेख छ । वडा र पालिका अधिवेशन सम्पन्न भएका ४६ जिल्लामा सोहि मितिमा प्रदेश सभा क्षेत्रीय अधिवेशन हुने निर्वाचन समितिले जनाएको छ ।

    ‘डडेल्धुराको हकमा निर्वाचन समिति एक मत छ, समितिमा उजुरीहरू परेका छन् । हामीले त्यसमा छलफल गरेर टुंगो लगाइसकेका छौं,’ समिति सदस्य तेजबहादुर रावलले भने, ‘अब डडेल्धुरामा फेरि वडा अधिवेशन हुँदैन । बाँकी अधिवेशनका प्रक्रियाहरू कार्यतालिका अनुसार अगाडि बढ्छ ।’

    डडेल्धुरामा फेरि अधिवेशन हुनुपर्ने माग जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षको छ । सभापति मल्ललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको समर्थन छ ।

    आफूहरूको बहिस्कारका बीच अधिवेशन प्रक्रिया अगाडि बढाइएको भन्दै जिल्ला सभापति मल्लले केन्द्रीय निर्वाचन समितिमा उजुरीसमेत दिएका छन् । तर निर्वाचन समितिले भने डडेल्धुराको अधिवेशनलाई मान्यता दिँदै प्रदेश सभा क्षेत्रीय अधिवेशनको मिति तोकेको हो ।

    पाँच सदस्यीय निर्वाचन समितिले सर्वसम्मतरुपमा डडेल्धुरा जिल्लाको जारी अधिवेशनलाई वैधता दिएको हो । निर्वाचन समितिको निर्णयविरुद्ध जिल्ला सभापति मल्ल पक्ष आन्दोलनमा छ ।

    समितिले वडा अधिवेशन नभएका जिल्लामा कात्तिक २७ मा अधिवेशनको मिति तोकेको छ । १३ जिल्लामा वडा अधिवेशन हुन बाँकी छ । कांग्रेसको केन्द्रीय महाधिवेशन मंसिर २४ देखि २६ सम्म काठमाडौंमा हुँदैछ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.