सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चारकर्मीले सत्यलाई स्थापित गर्न सक्नुपर्दछ : अर्थमन्त्री शर्मा


  •    न्युजभित्तो/२७ कार्तिक २०७८, शनिबार १०:०१ 
  • कास्की, २७ कात्तिक । अर्थमन्त्री जनार्दन शर्माले सञ्चारकर्मीले जनताको अपेक्षा अनुसार सत्यलाई स्थापित गर्ने र गलत कार्यको विरोध गर्न सक्नुपर्ने बताउनुभएको छ ।

    प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको नवनिर्वाचित कार्यसमितिको शुक्रबार पोखरामा आयोजना गरिएको पदस्थापन कार्यक्रममा उहाँले सञ्चार जगत्ले निरन्तर जनतालाई सुसूचित गराउने कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । सङ्घीय लोकतान्त्तिक गणतन्त्र र प्राप्त उपलब्धिको रक्षाका लागि सङ्घर्षलाई स्थापित गर्ने र परिर्वतनको रक्षा गर्दे कार्यान्वयनमा रहेका अपूर्णतालाई पूर्णताका लागि सरकार र सम्बन्धित निकायलाई खबरदारी गर्ने काम सञ्चारकर्मीको रहेको मन्त्री शर्माले बताउनुभयो ।

    नवनिर्वाचित अध्यक्ष कृष्ण दवाडीले पत्रकारिता तालिमलगायतबाट सञ्चारकर्मीको क्षमता विकास गर्दै पत्रकारिताको गुणात्मक विकासमा लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गत कात्तिक १७ गते सम्पन्न जिल्ला अधिवेशनले दवाडीको अध्यक्षतामा २१ सदस्सीय जिल्ला समिति सर्वसम्मत चयन गरेको थियो । प्रेस सेन्टरले शुक्रबारनै पोखरा महानगर समितिको पहिलो अधिवेशनबाट शिवराज बस्ताकोटीको अध्यक्षतामा ११ सदस्यीय पालिकाका कमिटी गठन गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.