सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

व्यावसायिक उत्पादनमार्फत आत्मनिर्भरः मन्त्री बराल


  •    न्युजभित्तो/२६ कार्तिक २०७८, शुक्रबार १६:३९ 
  • गलकोट, २६ कात्तिक । गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले व्यावसायिक उत्पादनमार्फत मात्रै आत्मनिर्भर बन्न सकिने बताउनुभएको छ ।

    बागलुङको ताराखोला गाउँपालिकाले आज आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले आर्थिक समृद्धिका लागि तीन तहको सरकारले उत्पादनमुखी अर्थतन्त्रको अवधारण ल्याउनुपर्ने बताउनुभएको हो । मन्त्री बरालले सङ्घीयताको मर्मअनुसार स्थानीय, प्रदेश र सङ्घीय सरकारबीच अझै पनि सहकार्य, समन्वय र सहअस्तित्व हुन नसक्दा धेरै योजनाहरुमा एकरुपता आउन नसकेको उल्लेख गर्नुभयो ।

    आत्मनिर्भर बन्नका लागि तीन तहका सरकारबीच सहकार्य, समन्वय र सहअस्तित्व प्रभावकारी ढङ्गले अगाडि बढाउनुपर्ने बताउँदै उहाँले उत्पादनलाई विशिष्टीकृत गर्नुपर्नेमा जोड दिनुभयो ।

    माओबादी केन्द्र गण्डकी प्रदेशका सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री बरालले ताराखोला गाउँपालिका जनयुद्धको जननी भएको बताउँदै आगामी निर्वाचनमा जनताको मन जित्ने गरी योजनाहरु सम्पन्न गर्न जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।

    गाउँपालिकाले निर्माण हुँदै गरेको प्रशासनिक भवन, बहुउद्देश्यीय भवन, सङ्ग्रहालय लगायतका भौतिक संरचना निर्माण सम्पन्न गर्नका लागि आर्थिक अभाव हुन नदिने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.