सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कानून विपरीत मदिराको विज्ञापन नगर्न अनुरोध


  •    न्युजभित्तो/२६ कार्तिक २०७८, शुक्रबार १६:०६ 
  • काठमाडौँ, २६ कात्तिक । विज्ञापन बोर्डले प्रचलित कानून विपरीत मदिरा तथा सूर्तिजन्य पदार्थको विज्ञापन प्रकाशन तथा प्रसारण नगर्न नगराउन सम्बन्धीत सबैमा अनुरोध गरेको छ ।

    चाडबाडको समयमा कतिपय पत्रपत्रिकालगायत विभिन्न सञ्चारमाध्यममा प्रचलित कानून विपरीत मदिराका विज्ञापन प्रकाशन प्रसारण भएको, देशका विभिन्न भागमा राखिएका होडिङ बोर्डमा समेत त्यस्ता विज्ञापन देखिएको र उक्त कार्य जनस्वास्थ्य सेवा ऐन–२०७५ तथा विज्ञापन (नियमन गर्ने) ऐन– २०७६ विपरीत भएकाले यसलाई तत्काल हटाउन बोर्डले अपिल गरेको छ । अन्यथा कानूनबमोजिम कारबाही हुनेसमेत बोर्डले जनाएको छ ।

    बोर्डद्वारा जारी विज्ञप्तिमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४५ को उपदफा १ मा “मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थलगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण तथा प्रचारप्रसार गर्न पाइने छैन”, भन्ने व्यवस्था गरिएको छ । त्यसैगरी विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ को दफा ५ को उपदफा १ (छ) मा ‘प्रचलित कानूनले विज्ञापन गर्न निषेध गरेका विषयमा गर्न नहुने’ व्यवस्था गरेको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.