सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हेलिकोप्टरमार्फत विद्युत् सामग्री ढुवानी


  •    न्युजभित्तो/२६ कार्तिक २०७८, शुक्रबार १६:०१ 
  • रुकुम (पूर्व), २६ कात्तिक । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–१ मा विद्युत् आयोजना निर्माणका सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । सडक सञ्जाल, विद्युत्, सञ्चारको सेवाबाट टाढा रहेको गाउँपालिकाभित्रकै दुर्गम क्षेत्र सिस्नेको १ नम्बर वडामा निर्माण गर्न लागिएको ४६ किलोवाटको पाखाओराली लघुजलविद्युत् आयोजना निर्माणका लागि आवश्यक सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।

    भौगोलिक हिसाबले विकट सडक सञ्जालमा नजोडिएको त्यस क्षेत्रमा विद्युत् आयोजना निर्माणका लागि ठूला सामान ढुवानी गर्ने अन्य कुनै माध्यम नभएपछि हेलिकोप्टरमार्फत सामान पु¥याइएको हो । केही समयअघि नै बुटवलबाट रुकुमकोटमा आएर थन्किएका ती सामान सिम्रिक एयरको हेलिकोप्टरमार्फत पाखाओरालीमा पु¥याइएको हो । रुकुमकोटबाट चारवटा पेनस्टक पाइप, तीनवटा ट्रान्सफर्मर हेलिकोप्टरमार्फत सिस्ने पु¥याइएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर २ का वडाध्यक्ष जीवन केसीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार इएलसी प्यानल, जेनेरेटर, टरवाइन, वेसफ्रेम, एक्पान्सन ज्वाइन्ट, भल्बलगाएत १० हजार किलोग्रामका सामग्री हेलिकोप्टरमार्फत सिस्ने–१ मा पु¥याइएको छ । यी सबै सामग्री हेलिकोप्टरले १५ खेपमा सिस्ने फालेको छ । बाँकी रहेको लाइन विस्तारको तार भने देउखोलासम्म गाडीमा लैजाने र त्यहाँबाट मानिस अर्थात् घोडाखच्चडबाट लैजाने गाउँपालिकाका प्रवक्ता केसीले बताउनुभयो ।

    सिस्नेमा पाखाओराली लघुजलविद्युत् आयोजना निर्माणको काम आर्थिक वर्ष २०७५÷७६ मा सुरु भएको थियो । यस आयोजनाको काम गत आर्थिक वर्ष २०७७÷७८ मै सम्पन्न गर्नुपर्ने सम्झौता भएको थियो । समयमै काम सम्पन्न गर्न नसकेपछि एक वर्ष म्याद थप गरी काम अगाडि बढाइएको र यसै आर्थिक वर्षभित्र काम सक्ने लक्ष राखिएको प्रवक्ता केसीको भनाइ छ ।

    उहाँका अनुसार अहिलेसम्म पाखाओरालीमा तार, पोलसँगै कुलो र नहर निर्माणको काम सम्पन्न भएको छ । गएको आर्थिक वर्षमा भने कोभिडका कारण काम प्रभावित बन्न पुगेको थियो । गत वर्ष कोभिडकै कारण सामान ढुवानीमा समस्या भएपछि आयोजनाको काम सम्पन्न हुन नसकेको गाउँपालिकाले जनाएको छ । उक्त विद्युत् आयोजना निर्माणको काम सम्पन्न हुँदासम्म रु तीन करोड लाग्ने अनुमान गरिएको छ । विद्युत् आयोजना निर्माणको काम रु एक करोड ५२ लाखमा गोक्यो इन्जिनियरिङ कम्पनीले लिएको छ । उसले ओसियन पावर सर्भिस प्रालिमार्फत काम गरिरहेको छ ।

    यस्तै रु ६० लाख बराबरको काम उपभोक्ता समितिमार्फत भएको गाउँपालिका प्रवक्ता केसीले बताउनुभयो । यसमा प्रदेशको समपूरक अनुदानको रु ५० लाख र बाँकी खर्च सिस्ने गाउँपालिकाको रहेको छ । सिस्ने गाउँपालिका आफैँले निर्माण गर्न लागेको ठूलो लघुजलविद्युत् आयोजनाबाट सिस्ने–१ का सबै अर्थात् ४५० घरधुरीले लाभान्वित हुनेछन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.