सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

एमाले महाधिवेशनको बन्द सत्र होटल सेभेनस्टारमा


  •    न्युजभित्तो/२६ कार्तिक २०७८, शुक्रबार १३:३१ 
  • चितवन, २६ कात्तिक । नेकपा (एमाले) को १० औं राष्ट्रिय महाधिवेशनको बन्द सत्र सौराहाको होटल सेभेनस्टारमा हुने भएको छ । यहि मंसिर १० गते नारायणी नदिकिनारमा उद्घाटन गरेपछि बन्दसत्र र नेतृत्व छनौटका काम सौराहाबाट हुनेछ । महाधिवेशन आयोजक मूल व्यवस्थापन समितिका सहसंयोजक स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले महाधिवेशन प्रतिनिधिलाई सौराहामा बस्ने व्यवस्था मिलाइएको बताए ।

    “यहाँ करिव ६५ सय बेड रहेछन्, हामीलाई अधिकतम ४ हजार बेड भए पुग्छ”, उनले भने, “यहाँका पर्यटन व्यवसायीसँग कुन होटलमा कति राख्न सकिने विवरण मागेका छौँ, सोही अनुसार बुकिङ गर्नेछौं ।” क्षेत्रीय होटल संघ (हान) सौराहा र रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान) बीच आवासीय सुविधाका लागि छलफल तीव्र पारिएको बताए । महाधिवेशनको बन्दसत्रमा सहभागिलाई एकै मेसबाट खाना-खाजाको व्यवस्थापन गर्ने योजना रहेको बताए । उनका अनुसार ५ छाक खानाको व्यवस्थापन गर्न खाद्यान्न सामाग्री जुटाइनेछ । बन्दसत्रमा १ हजार ९ सय ९९ जना प्रतिनिधि सहभागी हुनेछन् । जसमध्ये १ हजार ७ सय ५० जना भोली निर्वाचनबाट छनौट हुनेछन् ।

    महाधिवेशनको उद्घाटनसत्रमा ५ लाख बढी जनता सहभागी गराइने तयारी भएको बताए । उनका अनुसार बागमती प्रदेशबाट २ लाख ५० हजार, प्रदेश नम्बर २ बाट १ लाख, लुम्बिनी प्रदेशबाट ७५ हजार, गण्डकी प्रदेशबाट ५० हजार जनता सहभागी हुने अनुमान छ । उद्घाटनसत्रमा छिमेकी देशका सत्ता र प्रतिपक्ष दलका शिर्षनेताहरुलाइ समेत निमन्त्रणा पठाइएको बताए । नारायणी नदि किनारमा हुने उद्घाटनसत्रलाइ देशका मुख्य शहरबाट लाइभ हेर्न मिल्ने गरि डिस्प्ले बोर्डहरु राखिने तयारी छ ।

    बुटवल, जनकपुरसम्म डिस्प्ले बोर्ड राख्ने योजना छ । उद्घाटनस्थलमा विशाल गैडाको मूर्तिमाथि राष्ट्रिय झण्डा र एमालेको लोगो अंकित झन्डा राखिदैछ । २ तले मञ्चमा रहेका अतिथिलाई सहजै हेर्न र सुन्न मिल्ने गरि व्यवस्था मिलाइनेछ । स्टेज निर्माणको काम मंसीर १ गतेदेखि सुरु हुनेछ । आज होटल सेभेन स्टारमा जनप्रतिनिधि र सरोकारवाला पक्षसहितको भेला बसेर तयारीबारे छलफल गरिएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.