सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भिमबहादुर हत्याका आरोपि पुर्पक्षका लागि कारागार चलान


  •    न्युजभित्तो/२६ कार्तिक २०७८, शुक्रबार १२:५० 
  • चितवन, २६ कात्तिक । भरतपुर महानगरपालिका वडा नम्बर ४ का भिमबहादुर बिश्वकर्माको हत्या अरोपमा पक्राउ परेका दुई जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत चितवनले थुनछेक वहशका क्रममा उनीहरुलाई आज कारागार चलना गरिएको हो ।

    जिल्ला अदालत चितवनका श्रेष्तेदार इश्वर आचार्यका अनुसार बि.क.को हत्यामा संम्लङ्न भएका सिताराम बस्नेत र दिलिप श्रेष्ठलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो । न्यायधिश गायत्री प्रसाद रेग्मीको इजलासले उनीहरुलाई थप अनुसन्धान गर्नु पर्ने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

    उनीहरुलाई भिमबहादुरको हत्या असोज २८ गते भएको कुटपिट गरि हत्या गरेको आरोप थियो । भरतपुर महानगरपालिका वडा नम्बर ४ दुर्गाचोक नजिक दुर्गा मन्दीर अगाडी कुटपिट पछि उनको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको थियो । ५८ वर्षिय विश्वकर्मा हत्या प्रकरणमा पक्राउ परेको बस्नेत र श्रेष्ठलाई आबेश प्रेरीत ज्यान मुद्दा दर्ता भएको थियो ।

    आचार्यका अनुसार उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८९ को उपदफा १ को ग कसुरको अपराधमा १५ वर्ष कैद र रु १ लाख जरिवाना माग दावि गरिएको थियो । आरोपिलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाए पनि वि.क.को शब अझै उठ्न सकेको छैन । दलित अभियान्ताहरुले जातियताको आधारमा हत्या भएको भन्दै आन्दोलन गरिरहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.