सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेकपा मालेको आठौं महाधिवेशन २७ देखि २९ गतेसम्म चितवनमा हुने


  •    न्युजभित्तो/२५ कार्तिक २०७८, बिहीबार १६:५६ 
  • चितवन,२५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी नेकपा (माले) को आठौं राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । महाधिवेशन कार्तिक २७ देखि २९ गतेसम्म नारायणगढस्थित नारायणी कला मन्दिरमा हुने भएको हो ।

    महाधिवेशनको नेकपा (माले) का महासचिव सिपी मैनालीले उद्घाटन गर्ने आज (बिहीबार) चितवनमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । महाधिवेशनमा तीन सय ५० जना प्रतिनिधिहरु सहभागी हुनेछन् ।

    महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने नेकपा (माले)का स्थायी कमिटी सदस्य एवं मुल आयोजक समिति संयोजक दिनानाथ घिमिरेले जानकारी दिए । २७ गते दिउँसो १ बजे महाधिवेशनको उद्घाट्न हुनेछ । त्यस अघि मध्यान्ह १२ बजे नारायणी किनारदेखि महाधिवेशनस्थल नारायणी कला मन्दिरसम्म र्‍याली निकालिनेछ । महाधिवेशनले केन्द्रीय कमिटी गठन गर्नेछ । केन्द्रीय कमिटीले स्थायी कमिटी, पोलिटब्युरो र बिभिन्न २० बिभागको नेतृत्व चयन गर्ने कार्यतालिका छ । २९ गते नयाँ नेतृत्व घोषणा गर्दै महाधिवेशन समापन हुने घिमिरेले जानकारी दिए ।

    महाधिवेशनमा बिभिन्न ८ दस्तावेजमाथि छलफल हुनेछ । नेपाली क्रान्तिको कार्यक्रम नयाँ जनवाद, राजनीतिक प्रतिवेदन, नेपाल चिन्तन, संगठनात्मक प्रस्ताव, संगठनात्मक प्रतिवेदन, तात्कालिक कार्यनिती, आर्थिक प्रतिवेदन र राष्ट्रिय अन्तराष्ट्रिय सम सामयिक प्रस्तावमाथि छलफल हुने घिमिरेले बताए । यस्तै पार्टीको नयाँ विधानमाथि पनि छलफल हुने उनले बताए ।

    महाधिवेशनमा देशभक्त प्रगतिशिल लोकतान्त्रिक शक्ति र त्यसको सरकार निर्माण गर्ने तात्कालिक कार्यदिशालाई व्यवस्थित र सशक्त ढंगले अघि बढाउने बिषयमा पनि छलफल हुने पोलिटब्युरो सदस्य एवं महाधिवेशन मुल आयोजक समिति सह संयोजक भागवती घिमिरेले जानकारी दिईन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सुकुमबासीका लागि रङ्गशालामा स्वास्थ्य शिविर
    बल्खु र वंशीघाटबाट हटाइएका ५० सुकुमबासीले टिपाए विवरण
    परिवार नियोजनको सही प्रयोगले मातृ मृत्युदरमा ३० प्रतिशतसम्म कमी
    • श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा
    • लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु
    • ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो
    • बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.