सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शेयर बजारमा उतार चढाव भईरहँदा भरतपुरमा तालिम


  •    न्युजभित्तो/११ कार्तिक २०७८, बिहीबार २०:२३ 
  • चितवन । शेयर बजारमा उतार चढाव भईरहँदा त्यसको व्यवस्थापन कला सिकाउन भरतपुरमा तालिमको आयोजना गरिएको छ । इन्टेलिजेण्ट स्टक इन्भेष्टर नेपालले आगामी शनिबार शेयर बजारका विज्ञद्वारा तालिम दिन लागेको हो ।

    शेयर बजारका नवप्रवेशिदेखि लगानीकर्तासम्मलाई लक्षित गरी तालिम आयोजना गरिएको हो । शनिबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म शेयरविज्ञ सहितको टोलीले भरतपुरमा प्रशिक्षण दिने आयोजक संस्था इन्टेलिजेण्ट स्टक इन्भेष्टर नेपालका सञ्चालक सन्तोष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार शेयर बजारमा प्रवेश गर्न चाहने, भर्खरै प्रवेश गरेका र लगानी गरिरहेका सबैलाई समेटेर तालिम हुनेछ । तालिममा शेयर विज्ञ सन्दिपकुमार चौधरीले प्राविधक पक्षको र मुक्ति अर्यालले आर्थिक पक्षको विश्लेषण गर्नुहुनेछ । शेयर बजारका अन्य जानकारहरुबाट समेत तालिम हुनेछ ।

    शेयर बजार विषयमा विद्यावारिधी गरिरहनु भएका मधुसुदन लामिछानेले पछिल्लो समयमा नबुझिकन लगानी गरेरका र बजारको अस्थिरताका कारण निराश भएका लगानीकर्ताहरुलाई कसरी लगानी गर्ने भन्ने बारे तालिम दिईने बताउनुभयो । उहाँले भन्नुभयो ‘अहिले शेयर बजार हल्लाको भरमा लगानी गर्ने धेरै छन् जसले गर्दा हजारौंले घाटा बेहोनुपर्ने अवस्था छ । यस्तो अवस्थामा बजारको विश्लेषण कसरी गर्ने भनेर तालिम दिन लागेका हौं ।” शेयर बजारमा बुझेर मात्रै लगानी गर्नुपर्ने बताउँदै उहाँले तालिमले सही ठाउँ र समयमा लगानी गर्न सिकाउनु बताउनुभयो ।

    इन्टेलिजेण्ट स्टक इन्भेष्टर नेपालका अर्का सञ्चालक बलराम सापकोटाले अन्यौलमा रहेका लगानीकर्तालाई तालिमले सही बाटो देखाउने बताउनुभयो । उहाँले तालिमले हौसियर लगानी गर्ने र सामान्य गिरावट आउँदा निराश हुनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।

    आयोजक संस्थाका संचालक रविन घिमिरेले एक हजार रुपैयाँ शुल्क तिरेर तालिममा सहभागी हुन पाईने जानकारी दिनुभयो । खाजा, पानी, हल र प्रशिक्षणक खर्चका लागि मात्रै शुल्क लिईएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “हामीले नाफा आर्जन गर्नका लागि होइन, व्यवस्थापनका लागि मात्रै न्यून शुल्क लिएर तालिम आयोजना गरेका हौं ।

    चितवन, नवलपरासी, मकवानपुर, गोरखा, धादिङ लगायतका जिल्लाबाट सहभागी आउने आयोजकको अपेक्षा छ । चितवनमा ५० हजार हाराहारी शेयर लगानीकर्ता रहेको अनुमान छ । त्यसमध्ये बुझेर शेयर बजारमा लगानी गर्नेहरुको संख्या न्यून रहेको छ । तालिमले लगानीको अवसर, समय, परिस्थिति र हुन सक्ने जोखिममा बारेमा ज्ञान दिने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु
    दाङको विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या
    ‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’
    • गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
    • दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
    • सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
    • विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.