सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ब्याजदर वृद्धिमा राष्ट्र बैंकको अङ्कुश : कात्तिकको ब्याजदर संशोधन हुने


  •    न्युजभित्तो/३ कार्तिक २०७८, बुधबार ११:१० 
  • काठमाडौँ, ३ कात्तिक । बैंक तथा वित्तीय संस्थाले आफूखुसी ब्याजदर बढाउन थालेपछि यसलाई नियन्त्रण गर्र्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ । वाणिज्य बैंकहरूले निक्षेपमा अधिकतम ११ दशमलव ६७ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेसँगै राष्ट्र बैंकले ब्याजदर असाधारणरुपमा बढ्न नदिन निर्देशन जारी गरेको हो ।

    केन्द्रीय बैंकले मङ्गलबार जारी गरेको निर्देशनानुशार बैंक तथा वित्तीय संस्थाले जुनसुकै निक्षेपमा प्रदान गर्ने ब्याजदर निर्धारण तथा प्रकाशन गर्दा अघिल्लो महिना प्रकाशित ब्याजदरमा बढीमा १० प्रतिशतका दरले मात्र परिवर्तन गर्न सक्नेछन् । त्यस्तै संस्थागत मुद्दति निक्षेप ९बोलकबोलसमेत०मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दति निक्षेपमा दिने अधिकतम ब्याजदरभन्दा कम्तीमा एक प्रतिशत बिन्दुले कम हुनुपर्ने निर्देशनमा उल्लेख छ ।

    राष्ट्र बैंकले कात्तिक महिनाका लागि सार्वजनिक भएका ब्याजदरसमेत उल्लेखित व्यवस्थाबमोजिम नभएको भए संशोधन गरी कात्तिक ३ गतेभित्र आफ्नो बेवसाइटमार्फत सार्वजनिक गरी लागू गर्न र ५ गतेभित्र दैनिक पत्रिकामा समेत प्रकाशित गर्न निर्देशन दिएको छ ।

    राष्ट्र बैंकको निर्देशनअनुसार अब बैंकले गत असोज महिनाको ब्याजदरका तुलनामा बढीमा १० प्रतिशतले वृद्धि गरी यही कात्तिकको लागि नयाँ ब्याजदर निर्धारण गर्न सक्नेछन् । असोज महिनाका लागि सनराइज् बैंकले निक्षेपमा अधिकतम १० दशमलव शून्य सात प्रतिशत ब्याज दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार अब सनराइज् बैंकले मुद्दति निक्षेपमा कात्तिक महिनामा अधिकतम ११ दशमलव शून्य शून्य सात प्रतिशतसम्म ब्याज दिन सक्नेछ ।

    तरलता अभावले लगानीयोग्य रकममा समस्या आएको जनाउँदै धेरै बैंक वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको पहिलो दिननै दोहोरो अङ्कले ब्याज बढाएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु
    दाङको विकट क्षेत्र खुमखानीमा खानेपानीको समस्या
    ‘वामपन्थी शक्तिबीच एकता आवश्यक छ’
    • गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह
    • दुई महिनापछि ढोरपाटनमा दादुरा सङ्क्रमण रोकथाम
    • सिक्टा सिँचाइ आयोजनाद्वारा २४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा
    • विश्व मातृ पृथ्वी दिवसः दिगो भविष्यका लागि सामूहिक प्रयासको आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.