सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती नगरपालिकामा तयार भयो पाँच सय जना क्षमताको सिटी हल


  •    न्युजभित्तो/२२ आश्विन २०७८, शुक्रबार ०९:२८ 
  • चितवन, २२ असोज । राप्ती नगरपालिकाले पाँच सय जना क्षमताको सिटीहल (सभाहल) निर्माण गरेको छ । नगरपालिकाले एक करोड ४ लाख रुपैयाँ खर्च गरेर सभाहल निर्माण गरेको हो ।

    राप्ती नगरपालिका वडा नं. २ गड्यौलीमा एक विगाहा १० कठ्ठा जमिनमा सभाहल निर्माण गरिएको नगर प्रमुख प्रभा बरालले बताउनुभयो । राप्तीमा सभाहल नहुँदा त्यहाँ हुने कार्यक्रमका लागि खैरहनी वा सौराहा जानु पर्ने बाध्यता रहेको रहेको बताउँदै बरालले भन्नुभयो “अब राप्ती नगर क्षेत्रमा आफ्नो कार्यक्रम गर्नका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।”

    पर्याप्त पार्किङको सुविधा रहेको हुँदा कार्यक्रम गर्न सहज हुने उहाँको भनाई छ । प्रदेश र संघबाट सभाहलका ठूलो बजेट प्राप्त नभएपछि नगरपालिको आन्तरिक श्रोतबाट सभाहल निर्माण गरिएको बरालको भनाई छ । सभाहलको घटस्थापनाका दिन विधिवत रुपमा उद्घाटन गरिएको छ । जनप्रतिनिधि र कर्मचारी प्रवेश गरेर सभाहलको शुभारम्भ गरिएको हो । राप्तीवासीले यो सभाहललाई आफ्नो सम्पत्तिको रुपमा लिएको बरालले बताउनुभयो ।

    जिल्लाको सुदूरपूर्वी भागमा रहेको यस नगरपालिका समथर र पहाडी क्षेत्र समेटेर बनेको छ । यो सभाहलबाट चितवनको पूर्वी चितवन सहित मकवानपुरका पश्चिमी क्षेत्रमा रहेका केही गाउँपालिकाहरुले समेत लाभ लिन सक्छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.