सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्य भोटेकोशी जलविद्युत् कम्पनीको ९० करोडको शेयर विक्री खुल्यो


  •    न्युजभित्तो/२० आश्विन २०७८, बुधबार १३:०९ 
  • काठमाडौं, २० असोज । मध्य भोटेकोशी जलविद्युत् कम्पनीले सर्वसाधारणलाई आज (बुधबार) देखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेकोे छ । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रुपैयाँअंकित मूल्यमा ९० करोड बराबरको ९० लाख कित्ता शेयर निष्कासन गरेको हो ।

    सर्वसाधारणका लागि निष्कासनमा ल्याएको कुल शेयरमध्ये ४ प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्ट्याएर बाँकी रहने ८१ लाख ९० हजार कित्ता शेयरको लागि सर्वसाधरणले आवेदन दिन सक्ने छन् ।

    कम्पनीको आईपीओमा यही असोज २५ गतेसम्म आवेदन दिन सकिने छ । त्यस अवधिसम्म माग अनुसार पर्याप्त आवेदन नपरे आउँदो कात्तिक ३ गतेसम्म म्याद थप हुनेछ । कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्ने जनाइएको छ ।

    उक्त आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर मोबाइल एपबाट आवेदन दिन सकिने छ । कम्पनीले आईपीओ निष्कासनको लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।

    कम्पनीले यसअघि आयोजना प्रभावित जिल्ला सिन्धुपाल्चोक र आयोजनाको प्रभाव क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर बाँडफाँड गरिसकेपछि सर्वसाधारणलाई आईपीओ जारी गरेको हो । नेपाल विद्युत् प्राधिकरणबाट प्रवद्र्धित चिलिमेको सहायक कम्पनी मध्य भोटेकोशीले सिन्धुपाल्चोकमा १०२ मेगावाटको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.