सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सेयर बजारमा ६१ अंकको पहिरो, ८ कम्पनीको मात्रै बढ्यो मूल्य


  •    न्युजभित्तो/१० आश्विन २०७८, आईतवार १६:१५ 
  • काठमाडौं,१० असोज । साताको पहिलो दिन आइतबार सेयर बजारमा ६१ अंकको पहिरो गएको छ। ६१.२ अंकले घटेर बजारको परिसूचक २७५८ अंकमा कायम भएको छ। यस दिन जम्मा ६ अर्ब ५० करोड रुपैयाँको सेयर किनबेच भयो।

    म्युचुअल फण्डबाहेक सबै समूहहरु घटेका छन्। बैंकिङ १८, ब्यापार ९८, होटल तथा पर्यटन ८८, विकास बैंक १३०, जलविद्युत १३५, फाइनान्स १५६, निर्जीवन बीमा ३५६, उत्पादन ११६, अन्य ४४, माइक्रोफाइनान्स १२०, जीवन बीमा ३७१ र लगानी समूह ३ अंकले घटे।

    यस दिन ८ कम्पनीको सेयर मूल्य मात्रै बढ्यो। १७६ कम्पनीको मूल्य घटेको छ। मनकामना स्मार्ट लघुवित्तको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ।

    मैलुङखोला जलविद्युतको मूल्य ६ प्रतिशतले बढेको छ। कामना सेवा विकास बैंक, युनिलिभर, मेगा बैंक, बैंक अफ काठमाण्डु, एभरेष्ट बैंक (साधारण र कन्भर्टिवल सेयर) आशा लघुवित्तको मूल्य सामान्य बढेको छ।

    आइसिएफसी फाइनान्सको मूल्य सबैभन्दा धेरै ८.९ प्रतिशतले घटेको छ। घलेम्दी हाइड्रोपावर, मल्टिपर्पोज फाइनान्स, बेस्ट फाइनान्सको मूल्य ७।६ प्रतिशत बढीले घट्यो।

    कारोबारका आधारमा अरुणभ्याली हाइड्रोपावर अग्रस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ९५ लाख रुपैयाँको सेयर किनबेच भयो।

    बैंकहरुमा लगानीयोग्य रकमको अभावपछि असोजदेखि बढेको ब्याजदर तथा सेयर लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट पाउने कुल ऋणको सीमा १२ करोड तोकिएपछि बजार प्रभावित भइरहेको छ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.