सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सुरु भयो डाक्टर प्रमोदको ठिमुरा रिसोर्ट


  •    न्युजभित्तो/२५ भाद्र २०७८, शुक्रबार ०९:३२ 
  • चितवन, २४ भदौ । व्यस्त शहर नारायणगढ नजिकै वनको काखमा त्रिशूली नदीको किनारमा नयाँपन दिने रिसोर्ट सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–१ ठिमुरामा सतनचुली सामुदायिक वनको काखमा ठिमुरा रिसोर्ट सञ्चालनमा आएको हो ।

    रिसोर्टको दुईतर्फ वन छ भने एकातर्फ त्रिशूली नदी रहेको छ । एकान्त ठाउँमा चार वर्ष लगाएर निर्माण गरिएको यो रिसोर्ट ढुङ्गै ढुङ्गाले बनेको कलात्मक छ । पाँच बिघा जमिनमध्ये आधा भागमा रिसोर्ट छ भने बाँकीमा फार्म हाउस बनाइँदै छ । पर्यटन क्षेत्रका अनुभवी र विज्ञले नभएर हाडजोर्नी विषेशज्ञ डा प्रमोदप्रसाद लामिछानेले रिसोर्ट सञ्चालनमा ल्याउनुभएको हो । पाँच वर्षअघि च्यारिटी अस्पताल खोल्ने उद्देश्यले खरिद गरिएको जग्गामा अत्याधुनिक रिसोर्ट बनाइएको हो ।

    भरतपुरमा रहेको एलाइभ हस्पिटल एन्ड ट्रमा सेन्टरका सञ्चालक लामिछाने र उहाँकी श्रीमती डा विष्णुमाया खरेल लामिछानेले रिसोर्ट निर्माण सुरु गर्नुभएको हो । डेढ वर्षअघि खरेलको क्यान्सरबाट निधन भएको छ । उहाँको जन्मदिन पारेर उहाँहरुका छोरा प्रतीकले आज रिसोर्टको उद्घाटन गर्नुभएको हो । लामिछानेको भनाइमा रिसोर्टको आम्दानीको एउटा हिस्सा स्व खरेलको नाममा अक्षयकोष बनाएर अपाङ्ग बालबालिकाको हाडजोर्नी उपचारमा खर्च गरिनेछ । दन्तरोग विशेषज्ञ रहनुभएकी स्व खरेलको परिकल्पनाको रिसोर्ट भएकाले डा लामिछाने यसको आम्दानीलाई समाज सेवामा लगाउने योजनामा हुनुहुन्छ ।

    रिसोर्टमा १५ वटा भिल्ला रहेका छन् । ती भिल्लामा २२ वटा कोठा छन् । ती कोठा आगामी असोज १ गतेबाट सञ्चालनमा आउने छन् । क्रमशः कोठा थप गर्दै लगिने उहाँको भनाइ छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरेर ७५ कोठाको अनुमति लिइएको छ । एउटा छुट्टै प्रेसिडेन्सियल भिल्ला रहेको छ । सो भिल्लामा स्वीमिङ पुलसहित आवश्यक सुविधा छन् । महँगो रकम तिर्न सक्ने ग्राहकलाई लक्षित गरी यो भिल्ला बनाइएको हो । रिसोर्टभित्र तारा आकारको सानो, गीतार आकारको मझौला र कलाकौशलले भरिएको ठूलो गरी तीनवटा स्वीमिङ पुल रहेका छन् । ती स्वीमिङ पुलमा पहाडबाट झरेको प्राकृतिक पानीको प्रयोग गरिएको छ । यहाँ गर्मी मौसममा पनि शीतलता प्राप्त गर्न सकिने उहाँ बताउनुहुन्छ । एक हजार जना अट्ने ठूलो सभाहलसँगै ५० र १०० जना अट्ने सभाकक्ष रहेको लामिछानेले जानकारी दिनुभयो ।

    default

    रिसोर्ट परिसरमा ठाउँठाउँमा काठका कलात्मक पुल बनाएर आकर्षक बनाइएको छ । रिसोर्टमा चीनबाट झिकाइएका सेरामिक धातुका सिंह, गाड, युवती, बत्ती राखेर सझाइएको छ । रेष्टुरेण्टमा कलात्मक काठभित्र झुमर बालिएको छ । रिसोर्टमै पूर्वी एशिया झल्काउने चाइना हाउस निर्माण गरिएको छ । लामिछानेले रिसोर्टमा ढुङ्गासँगै अधिकतम काठ, खडाइ, खरको प्रयोग गर्नुभएको छ । रु २० करोडभन्दा बढी लगानी भइसकेको यस रिसोर्टमा थप लगानीको तयारीमा उहाँ हुुनुहुन्छ । लामिछानेले भन्नुभयो, “यो बुटिक रिसोर्ट हो । तपार्इँ जे हेर्नुहुन्छ अनौठो र आनन्द लाग्छ ।” अध्ययन अनुसन्धान गर्नेहरुलाई शान्त वातावरणमा लामो समय बस्नका लागि रिसोर्ट उपयुक्त हुने उहाँको भनाइ छ । रिसोर्ट परिसरमा आँप, लिची, कटहर, बेल, अम्बा, अमलालगायत रुख रहेका छन् ।

    रिसोर्टको आडैमा आफ्नो पुख्र्यौली घर लमजुङको राइनास क्षेत्रमा हुने पहाडी शैलीको कलात्मक घर निर्माण गरिएको छ । पछिल्ला दिनमा तस्बिर लिएर सामाजिक सञ्जालमा पोष्ट गर्नेले यो घरलाई भाइरल बनाएको जनाएका छन् । सो घर पनि पाहुना बस्न मिल्ने गरी बनाइएको छ । यो रिसोर्ट भरतपुरको रामनगरबाट दुई किलोमिटरको दूरीमा रहेको छ । रिसोर्टमा हाल ३५ जना कर्मचारी रहेका छन् । तीमध्ये १० जना चितवन राष्ट्रिय निकुञ्जभित्र बन्द भएको टाइगर टप्स होटलका कर्मचारी छन् । उनीहरु भएकैले बेलायती पर्यटकले घुम्न आउने चासो देखाएको लामिछानेको भनाइ छ ।

     

    आन्तरिक र बाह्य पर्यटकलाई पानीमा, वनमा हुने गतिविधिका अतिरिक्त चितवन राष्ट्रिय निकुञ्ज घुमाउने गरी प्याकेज बनाउन लागिएको छ । हाल रिसोर्ट बनाइएको ठाउँमा विसं २०६५ अघि लभ्ली रिसोर्ट थियो । पानीका गतिविधिका धेरै सिनेमा यहाँ छायाङ्कन गरिएका थिए । त्यतिबेला धेरै विदेशी पर्यटक आउने गर्दथे । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.