सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुरमा


  •    /१९ श्रावण २०७६, आईतवार ०८:३९ 
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएको छ । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि शनिबार साँझ बिमानबाट सिंगापुर जानुभएको हो । प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य, निजी चिकित्सक प्राडा दिव्यासिंह शाह तथा स्वकीय सचिव राजेश बज्राचार्य र सुरक्षाकर्मी रहेका छन् ।

    नियमित परीक्षणको समय ढिला भएको र स्वास्थ्यमा समस्या थपिएपछि परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओली करिव एक साता त्यहाँ रहनुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । उहाँको नेसनल युनिभर्सिटी हस्पिटल (एनयूएच) मा स्वास्थ्य परीक्षण हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । गत शुक्रबार सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गरेपछि चिकित्सकको सुझावअनुसार उहाँ फलोअपका लागि सिंगापुर जानु भएको हो ।

    छाउनीमा प्रम ओलीको नियमित ल्याब परीक्षण गरिएकोमा रगतमा क्रिएटिनिनको मात्रा बढेको पाइएको बताइएको छ । प्रधानमन्त्री ओलीको सन् २००७ मा दिल्लीस्थित अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । ६ वर्षअघि उहाँको हातमा संक्रमण भएको थियो । निकै लामो समय उपचार गरेर उक्त संक्रमण निको भएको थियो ।

    प्रधानमन्त्री भएपछि भने कामका धपेडीले उहाँले नियमित परीक्षण गराउन समय मिलाउनु भएको थिएन । उहाँ चिकित्सकको निकै जोडबलपछि नियमित उपचारका लागि सिंगापर जानुभएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपा महाधिवेशनः निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त
    हरेक व्यवसाय मानव अधिकारमैत्री हुनुपर्छः न्यायाधीश फुयाँल
    महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम
    • रास्वपा महाधिवेशन: मतदानको तयारी हुँदै
    • बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
    • तराईमा तापक्रम निरन्तर उकालोतिर, सतर्कता अपनाउन आग्रह
    • इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.