सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

युट्युबरहरुले तीन वर्षमै कमाए ३० अर्ब डलर


  •    न्युजभित्तो/१३ भाद्र २०७८, आईतवार ११:५० 
  • पछिल्ला वर्षहरुमा सोसल मिडिया कम्पनीहरुले अनलाइन सर्जकहरुका लागि उल्लेख्य मात्रामा स्रोत तथा पैसा खर्च गरिरहेका छन् । र, यो दौडमा भिडियो सट्रिमिंग प्लाटर्फम युट्युब सबैभन्दा अगाडि देखिएको छ ।

    युट्युबको मातृ कम्पनी अल्फाबेटले मंगलबार एक घोषणा गर्दै हालसम्म २० लाख भन्दा धेरै भिडियो उत्पादकहरुलाई युट्युबले विज्ञापनको पैसा प्रदान गरेको जनाएको छ ।

    कम्पनीका अनुसार युट्युबर अर्थात् डिजिटल सर्जकहरुलाई पछिल्लो तीन वर्षमा मात्रै ३० अर्ब डलर भन्दा धेरै रकम भुक्तानी गरिसकिएको छ । उक्त रकम विज्ञापन, वस्तु तथा सेवा र अन्य सर्भिस फिचरहरु बापतको हो ।

    एक अन्तरवार्तामा युट्युबका मुख्य उत्पादन अधिकृत निल मोहनले भनेका छन्( विश्वव्यापी प्लाटर्फमको रुपमा हाम्रो जिम्मेवारीका कारण यो क्रियाशील क्षेत्रको सिर्जना भएको छ ।

    युट्युबले विज्ञापनबाट हुने कमाई सम्बन्धित युट्युब च्यानललाई पनि बाँड्ने कार्यको थालनी सन् २००७ बाटै गरेको थियो । तर त्यतिबेला भिडियोहरुमा विज्ञापन देखाउने कुरामा व्यवस्थित नियमन थिएन ।

    जस्तोसुकै भिडियोहरुमा पनि आफ्ना विज्ञापन देखाइएको भन्दै विज्ञापनदाताहरुले युट्युब बहिस्कार गर्न थालेपछि युट्युबले भिडियोहरुमा विज्ञापन प्रदर्शन गर्ने कुरालाई व्यवस्थित बनाउँदै लगेको छ ।

    सन् २०१८ मा युट्युबले दर्शकको निश्चित संख्या तथा विभिन्न नीति नियम र मापदण्ड तय गर्दै त्यसरी विज्ञापनको पैसा कमाउन सक्ने युट्युब च्यानलको संख्यामा नाटकीय रुपमा कटौती गर्‍यो ।

    अहिले फेरि त्यस्तो मापदण्ड पूरा गर्ने र गुगलबाट पैसा कमाउन सक्ने युट्युब च्यानलहरुको संख्या बढ्दै ग्एको छ । युट्युबका अनुसार उसको विज्ञापन कार्यक्रमका लागि योग्य हुने युट्युब च्यानलको संख्या सन् २०२० मा दोब्बर भएको छ ।

    हुनत युट्युबका सर्जकहरुलाई आफूतर्फ आकर्षित गर्नका लागि फेसबुक, टिकटक तथा स्पटीफाइ लगायतका विभिन्न टुल्स र भुक्तानीका अफरहरु ल्याइरहेका छन् । तर उनीहरु त्यसमा खासै सफल भएका छैनन् ।

    फेसबुकले त डिजिटल सर्जकलाई आफूतर्फ आकर्षित गर्नका लागि सन् २०२३ सम्ममा सर्जकले गर्ने आम्दानीमा कुनै कमिसन नलिने घोषणा गरेको छ ।

    युट्युबले भने कुनैपनि भिडियोमा हुने विज्ञापनको बिक्रिबाट आएको रकमको ४५ प्रतिशत आफुले लिन्छ । यो नियममा तत्काल परिवर्तन गर्ने कुनै योजना नभएको मोहन बताउँछन् ।

    ब्लुम्बर्गबाट

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.