सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बस्ती बाहिरबाट विद्युतीय लाइन विस्तार गर्न माग


  •    न्युजभित्तो/११ भाद्र २०७८, शुक्रबार १६:४१ 
  • राँझा, ११ भदौ । वैजनाथ गाउँपालिकावासीले कोहलपुर–सुर्खेत १३२ केभी विद्युत् प्रसारण लाइन बस्ती बाहिरबाट विस्तार गर्न माग गरेका छन् ।
    वडा नं ४ को नौवस्ता र वडा नं १ को चिसापानी तथा गाभर बस्ती हुँदै लाइन विस्तारको तयारी भएकाले विकल्प खोज्न आफूहरुले माग गरेकोे स्थानीय अगुवा पुनित शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घर तथा घडेरी माथिबाट प्रसारण लाइन विस्तार गरिए ती बस्तीका करिब ६० घरपरिवारमा असर पर्नेछ ।
    सर्भेक्षणदेखि सार्वजनिक सुनुवाइ गर्दासम्म पनि बैठकमा आफूहरुलाई जानकारी नगराइएको तर अहिले एकाएक लाइन विस्तार गर्न थालिएको वडा नं १ चिसापानी निवासी वकिलजङ्ग साहको गुनासो थियोे । उहाँले यी बस्तीका सर्वसाधारणको नाम र हस्ताक्षर किर्ते गरेर काम अगाडि बढाइएको आरोप लगाउनुभयो ।
    जग्गाधनी जनतालाई थाहै नदिएर लाइन विस्तार गरिएकाले अहिले आक्रोशित पीडितले प्रमुख जिल्ला अधिकारीमार्फत सरोकार निकायमा वैकल्पिक उपाय अपनाउन ज्ञापन पत्र बुझाएका छन् ।
    प्रजिअ शिवराम गेलालले यस विषयमा अध्ययन गर्न एक समिति बनाइएको र सम्बन्धित निकायमा पनि जानकारी गराइएको छ भन्नुभयो । बाँकेको कोहलपुर सबस्टेशनबाट प्रारम्भ भई सुर्खेतको वीरेन्द्रनगरस्थित सबस्टेशनमा गएर टुङ्गिने प्रसारण लाइन करिब ५१ किलोमिटर लामो हुने र ‘डबल सर्किटका एङ्गल टावर’ २६ वटा रहने छ । आयोजनाको कूल टावर सङ्ख्या १४५ रहने बताइएको छ । उक्त आयोजनाका लागि करिव रु एक अर्ब ८० करोड लाग्ने जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.