सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

धानको बीउ उत्पादनमा कृषि ज्ञान केन्द्र


  •    न्युजभित्तो/१० भाद्र २०७८, बिहीबार १०:४७ 
  • कावासोती, १० भदौ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा धानको बीउमा आत्मनिर्भर हुन र गुणस्तरीय बीउ तयार गर्न बीउ उत्पादन कार्यक्रम सञ्चालन गरिएको छ । कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासी र किसान मिलेर यहाँका दुई स्थानीय तहमा धानको बीउ उत्पादन गर्न खेती गरिएको छ ।
    विनयी त्रिवेणी गाउँपालिकाको वडा नं २ र ४ तथा गैँडाकोट नगरपालिकाका वडा नं ११ र १२ मा यो कार्यक्रम सञ्चालन गरिएको हो । कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदानमा रामधान, वार र सावा मन्सुली जातको धानखेती गरिएको छ । दुई कृषक समूह र एक व्यक्तिले गरी १२ बिघा क्षेत्रफलमा अहिले धानको बीउ उत्पादन गर्न खेती गरिएको छ । बीउ राम्रो र गुणस्तर भएमा उत्पादन पनि राम्रो हुने भएकाले बीउ उत्पादनलाई ज्ञान केन्द्रले प्राथमिकतामा राखेको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।
    गण्डकी प्रदेशको सबैभन्दा बढी धान खेती हुने जिल्ला पूर्वी नवलपरासी भएकाले यस जिल्लालाई धानमा आत्मनिर्भर गराउँदै अन्यत्र निर्यात समेत गर्ने लक्ष्यका साथ यो कार्यक्रम सुरु गरिएको लामिछानेले बताउनुभयो । किसानले सूचीकृत नभएका बीउ र भारतबाट चोरीछिपी ल्याइएको बीउ प्रयोग गर्दा धान उत्पादन नहुने, विभिन्न समस्या देखिँदा किसानले नोक्सान बेहोर्नुपर्ने तथा उत्पादनमा ह्रास आउने भएकाले गुणस्तरीय बीउ उत्पादनमा जोड दिन यो कार्यक्रम गरिएको लामिछानेले जानकारी दिनुभयो । आफ्नै ठाउँमा बीउ उत्पादन गरेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम गरिएको उहाँको भनाइ छ । दुम्किवासमा धानखेती गर्नुभएका किसान खड्कबहादुर कमालले ज्ञान केन्द्रसँग समन्वय गरेर पहिलोपटक बीउका लागि धानखेती गरिएको बताउनुभयो ।
    उत्पादन भएपछि बजारको अवस्था राम्रो भएमा यस कार्यलाई निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो । जिल्लामा अन्य विभिन्न सङ्घसंस्था र सहकारी संस्थाले पनि बीउ उत्पादन गर्ने काम गरिरहेका छन् । कृषि ज्ञान केन्द्रको प्रत्यक्ष लगानीमा यस वर्ष दुई स्थानीय तहमा खेती गरिएको हो । कार्यक्रम सफल भए विस्तार गरिँदै लगिने जनाइएको छ । उत्पादन भएको बीउको बजारीकरणका लागि पनि ज्ञान केन्द्रले जिल्लाकै देवचुलीस्थित लालीमा कृषि सहकारी संस्थासँग समन्वय गरेको छ । बाहिरी जिल्लामा समेत समन्वय गरिएको कृषि ज्ञान केन्द्रका बाली विकास अधिकृत मीरा चौधरीले जानकारी दिनुभयो । यसैबीच बीउका लागि लगाइएको धानमा रोग किरा देखिएको गुनासो किसानले गरेपछि कृषि ज्ञान केन्द्रले अनुगमनसमेत गरेको छ । अनुगमनका क्रममा धानमा गबारो, हिस्वा, ब्याक्टेरिया, ढुसीजन्य रोग देखिएको वरिष्ठ बाली संरक्षण अधिकृत पर्शुराम अधिकारीले जानकारी दिनुभयो । कहीँकतै खाद्यतत्वको कमीले पनि पात पहेँलो हुने, सुक्ने गरेको उहाँले जानकारी दिनभयो ।
    आत्तिहाल्नुपर्ने अवस्था भने नरहेको उहाँले बताउनुभयो । अनुगमनका क्रममा बीउको धानमा बेजात देखिएपछि तुरुन्तै उखालेर फालिएको थियो । आफूले लगाएको धानभन्दा फरक प्रकृतिको धान देखिएमा त्यसलाई तुरुन्तै फाल्नुपर्ने बाली विकास अधिकृत चौधरीले बताउनुभयो । बेजातले बीउको गुणस्तरमा असर गर्ने उहाँले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    आइसिसी विश्वकप छनोट प्लेअफ प्रतियोगिता नेपालमा आयोजना हुने
    बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०:२६ बजे
    ‘आइएमई ग्रुपले अन्तरराष्ट्रिय मापदण्डको होटल सेवा आफ्नै ‘ब्राण्ड’मा दिइरहेको छ’
    • देवघाट–मौलाकालिकामा केबलकार निर्माण गरिने
    • हिमाली क्षेत्रका साझा चुनौती सम्बोधन गर्न नेपाल, भुटान र भारतका याकपालक एकजुट
    • चितवनमा रु ३० करोडभन्दा बढी खसीको व्यापार
    • दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.