माडीका विपन्न सुत्केरी र गर्भवती महिलाहरुलाई पोषिलो खानेकुरा वितरण
न्युजभित्तो/९ भाद्र २०७८, बुधबार २१:२१
माडी ९ भदौ । माडी नगरपालिका वडा नं ८ का चेपाङ तथा विपन्न परिवारका सुत्केरी र गर्भवती महिलाहरुलाई आज बुधबार पोषिलो खानेकुरा वितरण गरिएको छ । सेभ द माइण्ड नेपाल भरतपुरको आयोजनामा माडी ८ का चेपाङ तथा विपन्न परिवारका सुत्केरी र गर्भवती महिलाहरुलाई हर्लिक्स, अण्डा, क्वाँटी, चामल, साबुन लगायतका सामाग्रीहरु वितरण गरिएको हो ।
पोषिलो खानेकुरा वितरण गर्दै माडी नगरपालिका वडा ८ का वडाध्यक्ष कृष्णराज अधिकारीले वर्तमान विषम परिस्थितिमा विपन्न परिवारका महिलाहरुका लागि राहत सामग्री उपलब्ध गराउने सेभ द माइण्ड नेपालप्रति धन्यवाद ज्ञापन गर्दै विपन्न परिवारका लागि सहयोगका साथै चेतना र स्वरोजगारका कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउँनुभयो ।
कार्यक्रममा नेकपा एमाले चितवनका नेता एवम् युवा उद्यमी श्रीप्रसाद दवाडीले सुत्केरी र गर्भवती महिलाहरुले स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्ने बताउँदै विपन्न परिवारका बालबालिका, सुत्केरी, गर्भवती र जेष्ठ नागरिकको लागि विशेष योजना बनाएर अगाडि बढ्न जनप्रतिनिधिहरुलाई सल्लाह दिनुभयो ।
सेभ द माइण्ड नेपाल भरतपुरका कार्यवाहक अध्यक्ष शान्ता पौडेलको अध्यक्षतामा सम्पन्न खाद्यान्न वितरण कार्यक्रममा संस्थाका सचिव सुजन धिताल, सदस्य रिता पाठक, मिराकल ग्राडेनका सञ्चालक दामोदर देवकोटा लगायतको उपस्थिति रहेको थियो ।
सेभ द माइण्ड नेपाल भरतपुरको आयोजनामा यसअघि पनि भरतपुर महानगरपालिका वडा नं २६,२७,२९ र रत्ननगर नगरपालिका वडा नं ७ का वाढी प्रभावित र विपन्न परिवारहरुलाई खाद्यान्न वितरण गरिएको थियो ।