सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जीवराज आश्रित सङ्ग्रहालय भोलिदेखि सर्वसाधारणका लागि खुला


  •    /१७ श्रावण २०७६, शुक्रबार १०:५५ 
  • रुपन्देही । बुटवलमा निर्माण गरिएको जीवराज आश्रित सङ्ग्रहालय सर्वसाधारणका लागि खुला गरिने भएको छ । जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालले भोलि शनिबारदेखि सङ्ग्रहालय खुला गरिने जानकारी गराएको हो ।

    सङ्ग्रहालयमा जीवराज आश्रित र उहाँको जीवनसँग जोडिएका विभिन्न सामग्रीहरु राखिएको प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले जानकारी दिनुभयो । प्रतिष्ठानले बुटवल उपमहानगरपालिका वडा नं ७ श्रवणपथमा सङ्ग्रहालय स्थापना गरेको छ । सङ्ग्रहालयमा पर्यटकीय क्षेत्रहरुको जानकारी, भौतिक ज्ञानमा आधारित विभिन्न सामग्री, औजार तथा उपकरण राखिएको छ । यस्तै नेपाली समाजको प्रतिनिधित्व हुने गरी विभिन्न जातजाति र सम्पदाका वेषभूषा समावेश गरिएको छ ।

    सङ्ग्रहालय प्रवेशका लागि रु ५० र ज्येष्ठ नागरिक, विद्यार्थी र फरक क्षमता भएका नागरिकलाई रु २५ शुल्क लिने व्यवस्था गरिएको महासचिव कल्पना थापाले बताउनुभयो । सङ्ग्रहालयलाई विस्तारै व्यवस्थित गर्दै लैजाने योजना रहेको थापाले बताउनुभयो ।

    ‘जीवराज आश्रितको जीवनशैलीको अनुकरण र कृतित्वको रक्षा गरौँ’ भन्ने मूल मान्यतासहित देवेन्द्र घिमिरेको नेतृत्वमा विसं २०६६ माघ १९ गते जीवराज आश्रित स्मृति प्रतिष्ठान नेपालको स्थापना भएको थियो । तत्कालीन नेकपा एमालेको सङ्गठन विभाग प्रमुख आश्रितको विसं २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा पार्टीका तत्कालीन महासचिव मदन भण्डारीसँगै रहस्यमय कार दुर्घटनामा निधन भएको थियो । नेपालको सामाजिक, सांस्कृतिक एवं राजनीतिक परिवर्तन र समृद्धिका लागि आश्रितले पुर्याएको योगदानलाई चिरस्थायी बनाउन प्रतिष्ठानको स्थापना गरिएको संस्थापक अध्यक्ष घिमिरेले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    नागरिकको निक्षेपलाई राष्ट्र बैंकले सुरक्षा गर्दछ : नवनियुक्त गभर्नर डा पौडेल
    शिवनाथमा मातृ र शिशु मृत्यु शून्य
    जनप्रतिनिधिसँग सपना, योजना र इमान्दारी हुनुपर्छ : राजेन्द्र लिङ्देन
    • कसैले सरकार ढल्ने कामना नगर्दा हुन्छः महासचिव पोखरेल
    • यस वर्ष गण्डकी प्रदेशमा डढेलोबाट हुने क्षति कम
    • रविको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ नहुने
    • सुनको मूल्य एकैपटक पाँच हजारले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.