सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

अक्षय कुमारले अभिनय गरेको ‘बेल बटम’लाई साउदी अरेबिया, कुवेत र कतारले प्रतिबन्ध लगाए


  •    न्युजभित्तो/८ भाद्र २०७८, मंगलवार १५:४७ 
  • काठमाडौं,८ भदौ। भारतीय अभिनेता अक्षय कुमारले अभिनय गरेको ‘बेल बटम’लाई साउदी अरेबिया, कुवेत र कतारले प्रतिबन्ध लगाएका छन् । ऐतिहासिक तथ्यलाई तोडमोड गरेर देखाएको भन्दै तीन मुलुकले यो फिल्ममाथि प्रतिबन्ध लगाएका हुन् ।

    फिल्मले समीक्षक र दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको अवस्थामा साउदी, कुवेत र कतारले भने यसमाथि प्रतिबन्धको निर्णय गरेका हुन् । समाचारमा जनाइएअनुसार यो फिल्ममा सन् १९८० को दशकमा भएको विमान अपहरणको घटनालाई देखाउने प्रयास गरिएको छ । फिल्ममा अपहरणकारीले विमानलाई पाकिस्तानको लाहोरबाट कुवेत लगेको देखाइएको छ ।

    वास्तविकतामा भने उक्त विमानलाई यूएईका रक्षामन्त्री शेख मोहम्मद बिन रासिद अल माक्टुमले व्यक्तिगत रुपमा यो घटनालाई सम्हालेका थिए । साथै यूएईको प्रशासनले नै अपहरणकारीलाई पक्राउ गरेको थियो । यही कारण खाडी मुलुकले यो फिल्ममाथि प्रतिबन्ध लगाएको हुनसक्ने समाचारमा उल्लेख छ ।

    ‘बेल बटम’मा भानी कपुर, लारा दत्त, हुमा कुरेसी, अदिल हुसेनलगायतका कलाकारले पनि मुख्य भूमिकामा अभिनय गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.