सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाही, जग्गा र बैंक खाता रोक्का


  •    न्युजभित्तो/२६ श्रावण २०७८, मंगलवार १२:२८ 
  • लहान, २६ साउन । लामो समयदेखि कर नबुझाएका ४० करदातामाथि आन्तरिक राजस्व कार्यालय लहानले कानूनी कारवाही अघि बढाएको छ । दर्ता भएर पनि कर नबुझाउने ४० करदातामाथि कानूनी कारवाहीस्वरूप कारोवार, बैंक खाता र चलअचल सम्पत्ति रोक्का गरिएको कार्यालयका प्रमुख रामप्रसाद खतिवडाले जानकारी दिनुभयो ।

    रु पाँच लाखसम्म कर बक्यौता राखेका ७५ करदातामाथि कानूनी कारवाही अघि बढाइएकामा आर्थिक वर्ष २०७७र७८ मा ३५ जना करदाताबाट रु पाँच करोडभन्दा बढी बक्यौता असुली भएको प्रमुख खतिवडाले बताउनुभयो । मूल्य अभिवृद्धि कर, आयकर तथा अन्तःशुल्कतर्फ दर्ता भएयता कर नबुझाएका ४० करदातामाथि कानूनी कारवाही प्रक्रिया अघि बढाइएको प्रमुख खतिवडाको भनाइ छ ।

    यसैबीच कोभिड–१९ को सङ्क्रमण र जनशक्तिको अभावका बाबजुद कार्यालयले आर्थिक वर्ष २०७७र७८ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । तत्कालीन सगरमाथा अञ्चलको छ वटा जिल्लामा कार्यक्षेत्र बनाएको कार्यालयले आव २०७७र७८ मा रु तीन अर्ब छ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा करिब १०८ प्रतिशत अर्थात रु तीन अर्ब ३१ करोड राजस्व सङ्कलन भएको प्रमुख खतिवडाले बताउनुभयो ।

    उहाँका अनुसार आव २०७७र७८ मा आयकरतर्फ रु एक अर्ब ६३ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब आठ करोड र अन्तःशुल्कतर्फ रु ५९ करोड आठ लाख राजस्व सङ्कलन भएको छ । यो गत आर्थिक आर्थिक वर्षको तुलनामा १७ प्रतिशत बढी राजस्व सङ्कलन हो ।

    गत आव २०७६र७७ मा रु तीन अर्ब ४५ करोड राजस्व सङ्कलनको लक्ष्य लिएकामा करिब ८१ प्रतिशत अर्थात रु दुई अर्ब ८१ करोड राजस्व सङ्कलन भएको थियो । कार्यालयका अनुसार आर्थिक वर्ष २०७७र७८ मा १२ हजार ८४२ व्यवसायी र २० हजार ८४४ व्यक्तिगत नयाँ प्यान दर्ता भएको जनाएको छ ।

    आर्थिक वर्ष २०७७र७८ मा करदाता शिक्षा कार्यक्रमअन्तर्गत छ वटै जिल्लामा आर्थिक ऐन, २०७७र७८ ले प्रदान गरेको करसम्बन्धी छुट तथा सुविधाबारे सचेतना कार्यक्रम सञ्चालन गरेपछि जनशक्ति अभाव र कोभिड–१९ को सङ्क्रमणका बाबजुद राजस्व सङ्कलनमा वृद्धि भएको प्रमुख खतिवडाको भनाइ छ ।

    कार्यालयमा छ जना कर अधिकृतको दरबन्दीमा चार जना र १० जना नायब सुब्बाको दरबन्दीमा तीन जना कर्मचारी मात्र कार्यरत रहँदा कार्यालयको कामकाज प्रभावित हुँदै आएको जनाइएको छ । दरबन्दी अनुसारको कर्मचारी पठाइदिन पटकपटक आग्रह गर्दै आए पनि अझै कर्मचारी नपठाउँदा समस्या भइरहेको प्रमुख खतिवडाले बताउनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.