सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

म्याग्दीले ३२ प्रतिशत बढी राजश्व सङ्कलन


  •    न्युजभित्तो/२१ श्रावण २०७८, बिहीबार १३:१५ 
  • गलेश्वर, २१ साउन । जिल्ला मालपोत कार्यालय म्याग्दीले गत आर्थिक वर्षमा रु दुई करोड ६२ लाख १९ हजार ७७५ राजश्व सङ्कलन गरेको छ ।

    यो आर्थिक वर्ष २०७६÷०७७ को तुलनामा ३० दशमलव ५१ प्रतिशत बढी हो । आर्थिक वर्ष २०७६÷०७७ मा कार्यालयले रु ८० लाख राजश्व सङ्कलन गरेको जिल्ला मालपोत कार्यालय म्याग्दीले जनाएको छ ।

    सङ्कलित राजश्वमा घरजग्गा रजिष्ट्रेसन शुल्कबाट रु २ करोड ३८ लाख ६५ हजार ९५७ र नगर सुधार कोषबाट रु २३ लाख ५३ हजार ५१८ रहेको कार्यालयका लेखापाल दीपक खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार सेवाग्राहीबाट धितो रोक्का, संशोधन, घर कायम, नामसारी, विलम्व शुल्कलगायतका सेवाबापत सो रकम सङ्कलन भएको हो ।

    रजिष्ट्रेसन शुल्कअन्तर्गत सङ्कलित कूल राजश्वमध्ये ४० प्रतिशत प्रदेश र ६० प्रतिशत सम्बन्धित स्थानीय सरकारलाई पठाउने प्रावधान छ । सोही अनुसार जग्गा रजिष्ट्रेसनबापत सङ्कलित रकम प्रदेश र स्थानीय तहमा बाँडफाड गरिएको मालपोत अधिकृत कृष्ण कार्कीले जानकारी दिनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.