गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका १२ जनाको शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतका अनुसार पहिरोमा पुरिएका १३ जनामध्ये अहिलेसम्म १२ जनाको शव निकालिएको छ ।
पहिरोमा पुरिएकी लिम्घाकी ८ वर्षीया तारा विकको अवस्था भने अझै अज्ञात रहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । पहिरोमा परि घाइते भएका १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुकोलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा उपचार भैरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभएको छ ।
त्यसैगरि, लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । बाढीले बगाएका पाँच जनाको सकुशल उद्धार गरि उपचारका लागि अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले जानकारी दिनुभएको छ ।
दोर्दी गाउँपालिकाको लिबर्टी जलविद्युत आयोजनाको बाँध भत्किएर बाढी आउँदा जलविद्युत आयोजनामै काम गर्ने ४ जनाको ज्यान गएको हो । दोर्दी–४, शेरामा दुई जना र कीर्तिपुरमा दुई जनाको शव भेटिएको हो। हराइरहेकाहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।
बाढीमाभेटिएकोशवमध्येतीनकोसनाखत दोर्दीखोला बाढीमा परेर मृत्यु भएका मध्ये तीनको सनाखत भएको छ । बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये तीन शवको सनाखत आज भएको हो । ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी, डडेलधुरा घर भएका रमेश बुढा र सप्तरी जिल्ला भएका भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनुभयो । उहाँका अनुसार एउटा शवको अझै सनाखत हुनसकेको छैन । सनाखत भएको दुई शव दोर्दी गाउँपालिका–४ नौथर शेरा र अर्को शव कीर्तिपुरमा भेटिएको थियो । सनाखत हुन नसकेको शव कीर्तिपुरमा भेटिएको प्रहरीले जनाएको छ । बाढीमा परी आठ घाइते भएका छन् । घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु विभिन्न जिल्लाको रहेको प्रहरीको भनाइ छ । सात जना भने अझै बेपत्ता रहेको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको प्रहरीले जनाएको छ । शव भेटिएका, घाइते र बेपत्ता भएका सबै सोही गाउँपालिकास्थित दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने कामदार रहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । बेपत्तामध्ये एक जना भने आयोजनाको सम्पर्कमा आएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिनुभयो । चारवटै शव परीक्षणका लागि बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।
गुल्मी । गुल्मीको सत्यवती गाउँपालिकामा पहिरोमा पुरिएर मृत्यु भएका १२ जनाको शव निकालिएको छ । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपककुमार बस्नेतका अनुसार पहिरोमा पुरिएका १३ जनामध्ये अहिलेसम्म १२ जनाको शव निकालिएको छ ।
पहिरोमा पुरिएकी लिम्घाकी ८ वर्षीया तारा विकको अवस्था भने अझै अज्ञात रहेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । पहिरोमा परि घाइते भएका १३ वर्षीया धनी तरामु र १० वर्षीया करिश्मा तरामुकोलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ लगिएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, काठमाडौँमा उपचार भैरहेको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभएको छ ।
त्यसैगरि, लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा मृत्यु हुनेको संख्या चार पुगेको छ । बाढीले बगाएका पाँच जनाको सकुशल उद्धार गरि उपचारका लागि अस्पताल लगिएको प्रमुख जिल्ला अधिकारी डिजन भट्टराईले जानकारी दिनुभएको छ ।
दोर्दी गाउँपालिकाको लिबर्टी जलविद्युत आयोजनाको बाँध भत्किएर बाढी आउँदा जलविद्युत आयोजनामै काम गर्ने ४ जनाको ज्यान गएको हो । दोर्दी–४, शेरामा दुई जना र कीर्तिपुरमा दुई जनाको शव भेटिएको हो। हराइरहेकाहरुको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी भट्टराईले बताउनुभयो ।
बाढीमा भेटिएको शवमध्ये तीनको सनाखत
दोर्दीखोला बाढीमा परेर मृत्यु भएका मध्ये तीनको सनाखत भएको छ । बुधबार दिउँसो दोर्दीखोला बाढीमा भेटिएको चार शवमध्ये तीन शवको सनाखत आज भएको हो ।
ती शव पर्सा जिल्ला घर भएका शिवधन चौधरी, डडेलधुरा घर भएका रमेश बुढा र सप्तरी जिल्ला भएका भुवनेश्वर चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वसन्त पाण्डेले बताउनुभयो । उहाँका अनुसार एउटा शवको अझै सनाखत हुनसकेको छैन । सनाखत भएको दुई शव दोर्दी गाउँपालिका–४ नौथर शेरा र अर्को शव कीर्तिपुरमा भेटिएको थियो । सनाखत हुन नसकेको शव कीर्तिपुरमा भेटिएको प्रहरीले जनाएको छ ।
बाढीमा परी आठ घाइते भएका छन् । घाइतेको टाउको, ढाड, खुट्टालगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको छ । घाइतेको बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरु विभिन्न जिल्लाको रहेको प्रहरीको भनाइ छ । सात जना भने अझै बेपत्ता रहेको र नेपाली सेना, सशस्त्र प्रहरी नेपाल प्रहरी र स्थानीयवासीलगायतले खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
शव भेटिएका, घाइते र बेपत्ता भएका सबै सोही गाउँपालिकास्थित दोर्दीखोलामा निर्माणाधीन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजनामा काम गर्ने कामदार रहेको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो । बेपत्तामध्ये एक जना भने आयोजनाको सम्पर्कमा आएको आयोजनाका सञ्चालक राजेन्द्र वस्तीले जानकारी दिनुभयो । चारवटै शव परीक्षणका लागि बेँसीशहरस्थित जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको छ ।