सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेप्से ८ दशमलब २४ अंकले घट्यो


  •    न्युजभित्तो/११ श्रावण २०७८, सोमबार १६:१० 
  • काठमाडौं, ११ साउन । सेयर बजार परिसूचक नेप्से ८.२४ अंकले घटेको छ । आइतबार हालसम्मकै उच्च विन्दुमा पुगेको परिसूचक सोमबार भने लगानीकर्ताले नाफा बुकिङ गर्न थालेपछि सामान्य ‘करेक्सन’ भएर ३ हजार ५०.४२ अंकमा झरेको हो ।

    आइतबारको तुलनामा आज कुल प्रतिधितोपत्र कारोबार संख्या र रकममा पनि गिरावट देखिएको छ । सोमबार दोस्रो बजारमा २२३ कम्पनीको तीन करोड ३० लाख ६१ हजार ४४७ कित्ता सेयर एक लाख ३७ हजार २४२ पटक खरिद बिक्री हुँदा कारोबार रकम १४ अर्ब १३ करोड ९७ लाखमा सीमित भयो ।

    आइतबार चार करोड बढी कित्ता सेयर दोस्रो बजारमा कारोबारमा आउँदा कुल कारोबार रकम १४ अर्ब ३० करोड नाघेको थियो । आइतबार कारोबारमा आएका १४ उपसमूहमध्ये आठ वटा उपसमूहमा हरियाली छायो भने पाँच उपसमूह राताम्मे भयो ।

    आइतबार सबैभन्दा धेरै बढेको बैंकिङ उपसमूह आज ४३।३० अंकले ऋणात्मक बन्दा जलविद्युत उपसमूह भने १०२।६२ अंकले उचालिएको थियो । सोमबार ११० कम्पनीको सेयर मूल्य बढेको थियो भने ६६ कम्पनीको मूल्य घट्यो ।

    यस्तै सात कम्पनीको सेयर मूल्य स्थिर रह्यो । आज बिशाल बजार कम्पनी, जानकी फाइनान्स, रिडी, माउण्टेन र ग्रिनलाइ हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।
    आज एनआईसी एसिया डिबेन्चर, पोखरा फाइनान्स, सनराइज, लक्ष्मी बैंकको सेयर मूल्य भने घट्यो ।

    दोस्रो बजारमा आज ङादी ग्रुप पावर कम्पनीको सेयर सबैभन्दा धेरै ३९ करोड ३० लाख बढीको कारोबर भयो । ३३ करोड बढीको सेयर खरिद बिक्री भएको हिमालयन डिष्टिलरीको कारोबार दोस्रो रह्यो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    • प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.