सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोभिड कहर घट्दै जाँदा लयमा फर्कदै पोल्ट्री


  •    न्युजभित्तो/११ श्रावण २०७८, सोमबार १५:२१ 
  • चितवन, ११ साउन । कोरोना सङ्क्रमण संगै जारी भएको निषेधाज्ञामा ठूलो नोक्सान वेहोरेका पोल्ट्री व्यवसायीले राहत महशुश गर्न थालेका छन् । अण्डाको मूल्य हाल सम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागत भन्दा वढेको छ ।
    कुखुरा जन्य क्षेत्रका सबै उत्पादनको मूल्य लागतभन्दा वढि भएको छ । बैशाखको पहिलो साताबाट ओरालो लागेको कुखुरा जन्य पदार्थको कारोवार क्रमशः वढ्न थालेको हो । साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग वढेपछि मूल्य समेत वढेको छ । निषेधाज्ञाको समयमा तीन साता ब्रोइलर चल्लाको बिक्रि सून्य भएकोमा क्रमशः वढ्दै गएर प्रतिगोटा रु ७० पुगेको छ ।
    नेपाल ह्याचरी उद्योग संघका केन्द्रिय समितिका निवर्तमान अध्यक्ष टिकाराम पोख्रेलका अनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ । उहाँले भन्नुभयो “निषेधाज्ञाको समयमा तीन साता हामीले चल्ला बेच्न सकेनौं ।” गएको तीन महिनामा अन्य हप्ता लागत मूल्यको आधामा बेच्न समेत मुस्किल परेको उहाँको भनाई छ । ब्रोइलर चल्लाको लागत मूल्य प्रतिगोटा रु ५६ पर्दछ । एक सातामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने उहाँले जानकारी दिनुभयो ।
    लेयर्स चल्ला भने पु¥याउन मुस्किल परेपछि व्यवसायीले नोक्सान वेहोर्नु परेको छैन । लेयर्स प्रतिगोटा रु १ सय ७० मा बिक्रि भइरहेको छ । देशभरमा ३ सय ४० वटा ह्याचरी दर्ता भएकोमा ६० वटा जति बन्द रहेको उहाँको भनाई छ । नेपाल पोल्ट्री महासंघका उपाध्यक्ष समेत रहनु भएका पोख्रेल व्यवसायीले कोरोनाका कारण धेरै नोक्सान वेहोर्नु परेको बताउनुहुन्छ । राज्यले समयमा ध्यान दिएर पोल्ट्री क्षेत्रलाई हेर्न नसकेमा आत्मनिर्भर यो व्यवसाय भविश्यमा धरासाही वन्दै जान सक्ने उहाँको चिन्ता छ ।
    नेपालमा आजबाट लागु हुने गरि अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) रु ३ सय ८५ र मिडियम प्रतिक्रेट रु ३ सय ५५ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक संघले लागु गरेको यो दर रेट हाल सम्मकै उच्च हो । केन्द्रिय अध्यक्ष शिबराम केसीले माग अनुसार अण्डा पु¥याउन कठिन भएको बताउनुभयो । हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ । अन्य समयमा यो संख्या ४७ लाख सम्म पुग्ने गरेको उहाँले जानकारी दिनुभयो । निषेधाज्ञाको समयमा अण्डाको रेट प्रतिक्रेट रु ३ सय ३० सम्म झरेको थियो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट रु ३ सय ६० हाराहारी पर्ने उहाँको भनाई छ । बजारको माग अनुसार दररेट वढाइएको केसीले जानकारी दिनुभयो । कोभिडले निषेधाज्ञा भएको समयमा खपत क्रमशः वढ्दै गएको केसीको बुझाई छ । उहाँले भन्नुभयो “अण्डाले रोग प्रतिरोधात्मक क्षमता वढाउँछ भनेर खाने क्रम वढेको छ । ”पहिरोले अबरोध भएका बाटो खुले संगै देशैभर अण्डा पु¥याउन सकिएको उहाँ बताउनुहुन्छ । साउन महिनामा समेत अण्डाको माग वढेको उहाँले बताउनुभयो ।
    नेपालमा २ हजार ७ सय हाराहारी पोल्ट्री फार्म रहेका छन् । लेयर्स कुखुरामा ८० हजार भन्दा वढिले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा रोजगारी पाएको उहाँ बताउनुहुन्छ । अण्डाको मूल्य बढे पनि दानाको कच्चा पदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएको कृषकहरु वताउँछन् । पोल्ट्री व्यवसायी मदन पोख्रेल कुखुराको दानामा प्रयोग हुने प्रति किलो रु ५० पर्ने भटमास रु १ सय ५ सम्म पुगेको र रु २२ हाराहारीमा पाउने मकै रु ३७ सम्म पुगेको बताउनुहुन्छ । उहाँले भन्नुभयो “दानाको मूल्य संगै अण्डाको मूल्य बढेकाले हामीलाई त्यति नाफा छैन ।” कोभिडको समयमा लागत मूल्यमा अण्डा बिक्रि गर्न कठिन भएको र काममा जोखिम मोल्नु परेको पोख्रेलको गुनासो छ ।
    महंगोमा चल्ला राख्नु पर्दा लागत मूल्य वढि हुने उहाँ बताउनुहुन्छ । निषेधाज्ञाको समयमा कुखुराको मासुले मुल्य नपाउँदा धेरैले नोक्सानी वेहोर्नु परेको छ । दुई वर्ष अष्ट्रेलियामा अध्ययन गरेर फर्कनु भएका गैंडाकोटका सम्भव पाण्डे निषेधाज्ञामा आँफुले पालेको ३२ हजार ब्रोइलर कुखुराबाट रु २६ लाख नोक्सान भएको बताउनु हुन्छ । उहाँले नवलपरासीको बेल्डीया र गैंडाकोटमा कुखुरा पाल्नु भएको थियो । त्यतिवेला प्रतिगोटा रु एक सय हाराहारीमा खरिद गरेको चल्लाबाट उत्पादन भए पछि बिक्रि गर्दा प्रतिकिलो रु १ सय ५० मा बेच्नु परेको उहाँको भनाई छ ।
    चितवन–नवलपुर दाना बितरक संघका अध्यक्ष तेजनारायण पाण्डे ब्रोइलर कुखुराको किसानको लागत मूल्य रु २ सय २० सम्म पर्ने भए पनि निषेधाज्ञा भर सस्तोमा बेच्नुपर्दा धेरै नोक्सान भएको बताउनु हुन्छ । क्रमशः मुल्य बढ्दै गएको उहाँको भनाई छ । कोभिड घट्दै गएपछि किसानले राहत महशुस गरेको उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले कुखुराको मासुको मूल्य रु ३ सय ८० प्रतिकिलो पुगेको छ । नेपालमा पोल्ट्री क्षेत्रमा रु १ खर्ब ५० अर्ब भन्दा वढि लगानी भएको व्यवसायीहरु बताउँछन् ।
    लेयर्स कुखुरा पालनमा अग्रणी दाउन्ने ट्रेडर्सका कार्यकारी निर्देशक बिनोद पोख्रेल कच्चा पदार्थको मूल्य दिनानुदिन वढ्दा र कोभिड जस्ता महामारीका समयमा यो व्यवसाय संञ्चालन कठिन हुने बताउनुहुन्छ । देशभर अण्डाको सञ्जाल रहेको दाउन्नेका कार्यकारी निर्देशक पोख्रेल सरकारले कृषि क्षेत्रलाई बिषेश प्राथमिकतामा राखेर हेर्नु पर्छ भन्नुहुन्छ । दाउन्नेको नवलपारसीको फार्ममा हाल ३ लाख लेयर्स कुखुरा रहेका छन् । देशमानै सबै भन्दा वढि लेयर्स कुखुरा भएको यो एक मात्र फार्म रहेको उहाँहरुको भनाई छ । उहाँले भन्नुभयो “कोभिडको समयमा किसानले वेहोरेको नोक्सानलाई सरकारले सम्बोधन गर्नु पर्छ ।” कच्चा पदार्थ बाहिर आश्रीत भए सम्म किसानले लाभ लिन कठिन हुने पोख्रेल बताउनुहुन्छ ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.