सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लक्ष्यभन्दा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन


  •    न्युजभित्तो/७ श्रावण २०७८, बिहीबार १५:५८ 
  • झापा, ७ साउन । मेची भन्सार कार्यालय काँकडभिट्टाले गत आर्थिक वर्षमा लक्ष्यको तुलनामा करीब आठ प्रतिशत बढी राजश्व सङ्कलन गरेको छ । गत आर्थिक वर्षमा रु १२ अर्ब नौ करोड राजश्व असुल गर्ने लक्ष्य लिएकोमा सो अवधिमा कार्यालयले रु १३ अर्ब तीन करोड राजश्व सङ्कलन गरेको छ ।

    यो लक्ष्यको तुलनामा ७ दशमलव ७७ प्रतिशत बढी हो । कार्यालयका प्रमुख भन्सार अधिकृत ध्रुव विश्वकर्माले यो नाकाबाट सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको बताउनुभयो । गत आर्थिक वर्षमा यो नाकाबाट सङ्कलन भएको राजश्वमा पेट्रोलियम पदार्थको हिस्सा ४८ प्रतिशत रहेको छ । कोभिड–१९ को जोखिममा समेत औद्योगिक क्षेत्रमा प्रयोग हुने कच्चा पदार्थ, खाद्यान्न र तरकारीलगायत सामग्री आयात भइरहेका कारण राजश्व वृद्धि भएको कार्यालयले जनाएको छ ।

    कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा लक्ष्यको ७३ प्रतिशत अर्थात् रु आठ अर्ब ३५ करोड राजश्व सङ्कलन गरेको थियो । गत आर्थिक वर्षमा पूर्वी नाका काँकडभिट्टाबाट रु १३ अर्ब ६५ करोडको सामान निर्यात भएको छ । निर्यात हुने वस्तुमा सबैभन्दा बढी अलैंँची रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा यो नाकाबाट रु छ अर्ब ९० लाख मूल्य बराबरको ८५ लाख ६६ केजी अलैँची निर्यात भएको छ ।

    अघिल्लो आर्थिक वर्षमा रु चार अर्ब आठ लाख मूल्य बराबरको ५९ लाख ९० केजी अलैँची निर्यात भएको थियो । प्रमुख भन्सार अधिकृत विश्वकर्माका अनुसार अलैंँचीपछि सबैभन्दा बढी चिया निर्यात भएको छ । गत आर्थिक वर्षमा रु तीन अर्ब ३१ लाख मूल्य बराबरको एक करोड १२ लाख ६७ हजार केजी चिया निर्यात भएको कार्यालयले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.