सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

निषेधाज्ञाका कारण लक्ष्यभन्दा १८ प्रतिशत कम राजश्व सङ्कलन


  •    न्युजभित्तो/४ श्रावण २०७८, सोमबार १४:३३ 
  • टेकराज पोखरेल(आनन्द)
    नवलपुरः आन्तरिक राजश्व कार्यालय कावासोती नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले आर्थिक वर्ष २०७७÷७८ मा लक्ष्यभन्दा करीब १८ प्रतिशत कम राजश्व सङ्कलन गरेको छ ।

    कार्यालयले २०७८ असार मसान्तसम्म रु २० अर्ब ३० करोड ९४ लाख ४० हजार राजश्व सङ्कलन गर्ने लक्ष्य पाएकामा रु १६ अर्ब ६१ करोड ५९ लाख ३७ हजार मात्रै राजश्व सङ्कलन गर्न सफल भएको कार्यालयका सूचना अधिकारी अमृत अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयले राजश्व सङ्कलनमा ८१ दशमलब ८१ प्रतिशत मात्रै प्रगति हासिल गरेको हो । कार्यालयले सङ्कलन गरेको राजश्व रकम लक्ष्यभन्दा रु तीन अर्ब ६९ करोड ३५ लाख तीन हजार अर्थात १८ दशमलब १९ प्रतिशतले थोरै हो ।

    आन्तरिक राजश्व कार्यालय कावासोतीले आय कर र मूल्य अभिवृद्धिकरमा लक्ष्यभन्दा बढी राजश्व सङ्कलन गरेको भए पनि अन्तःशुल्कमा कम राजश्व सङ्कलन हुँदा लक्ष्यअनुसार प्रगति भेटाउन नसकेको अधिकारीले बताउनुभयो । कार्यालयले आय करतर्फ रु ४६ करोड ३६ लाख ५१ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेकामा रु ६१ करोड ५९ लाख ६३ हजार सङ्कलन गर्न सफल भएको उहाँले बताउनुभयो । आयकरमा सङ्कलन भएको राजश्व लक्ष्यभन्दा ३२ प्रतिशतले बढी हो ।

    त्यस्तै मूल्य अभिवृद्धि करतर्फ लक्ष्यभन्दा ७६ प्रतिशत बढी राजश्व सङ्कलन भएको अधिकारीले बताउनुभयो । उहाँका अनुसार मूल्य अभिवृद्धि कर शीर्षकमा रु २२ करोड चार लाख ४० हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेकामा रु ३९ करोड ८५ हजार राजश्व सङ्कलन भएको छ । कार्यालयले अन्तःशुल्कमा भने लक्ष्यभन्दा करीब २० दशमलब ४६ प्रतिशत कम राजश्व सङ्कलन गरेको अधिकारीले बताउनुभयो ।

    “हामीले अन्तःशुल्कमा रु १९ अर्ब ६२ करोड ५३ लाख ४९ हजार राजश्व सङ्कलन गर्ने वार्षिक लक्ष्य राखेका थियौँ, तर रु १५ अर्ब ६० करोड ९८ लाख ८९ हजार मात्रै राजश्व सङ्कलन भएको छ”, अधिकारीले भन्नुभयो, “लक डाउन र निषेधाज्ञाका कारण औद्योगिक प्रतिष्ठानले बजारमा बियर र मदिरा बिक्रीवितरण गर्न नसकेका कारणले राजश्व सङ्कलनमा कमी आएको हो ।” अन्तःशुल्कमा लक्ष्यअनुसारको प्रगति भेटाउन नसकेपछि अन्य शीर्षकमा बढी राजश्व सङ्कलन भए पनि वार्षिक लक्ष्य भेटाउन नसकिएको अधिकारीको भनाइ छ ।

    आर्थिक वर्ष २०७७÷७८ मा आय करतर्फ सबैभन्दा धेरै कर तिर्ने करदाताको रुपमा इन्फिनिटी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्था रहेको अधिकारीले जानकारी दिनुभयो । “गत वर्ष इन्फिनिटी लघुवित्तले रु पाँच करोड ७८ लाख ५७ हजार राजश्व बुझाएको छ”, अधिकारीले भन्नुभयो, “त्यसैगरी दोस्रो नम्बरमा विजय लघुवित्तले रु पाँच करोड ६० लाख १३ हजार राजश्व बुझाएको छ ।”

    आन्तरिक राजश्व कार्यालय कावासोतीमा अन्तःशुल्कतर्फ सबैभन्दा बढी राजश्व बुझाउने उद्योगमा गोर्खा ब्रुअरी प्रालि रहेको छ । गोर्खा ब्रुअरीले एक वर्षको अवधिमा रु १० अर्ब १० करोड ४६ लाख २४ हजार राजश्व बुझाएको अधिकारीले बताउनुभयो ।

    त्यस्तै चौधरी ग्रुपको सिजी ब्रुअरी प्रालिले रु चार अर्ब २८ करोड ५९ लाख १९ हजार, चौधरी ग्रुपकै सिजी फुड्स प्रालिले रु ७२ करोड ९६ लाख आठ हजार, सुमी डिस्टिलरी प्रालिले रु २४ करोड ८७ लाख ३० हजार, नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उद्योग होङ्सी शिवम् सिमेन्ट प्रालिले रु १५ करोड ८७ लाख १२ हजार तथा देवचुली डिस्टिलरी प्रालिले रु १० करोड २१ लाख ५० हजार राजश्व बुझाएका अधिकारीले जानकारी दिनुभयो ।

    अघिल्लो आर्थिक वर्ष २०७६÷७७ सम्म नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का करदाताले आन्तरिक राजश्व कार्यालय भरतपुर चितवनमा कर बुझाउँदै आएका थिए । गत वर्षको साउन १ गतेदेखि भने जिल्लाकै कावासोतीमा आन्तरिक राजश्व कार्यालय स्थापना भएपछि जिल्लाभित्रका सबै करदाताले यही कार्यालयमा राजश्व बुझाउन थालेका हुन् ।

    विसं २०७८ असार मसान्तसम्म जिल्लामा आयकर बुझाउने करदाता २२ हजार १०२, मूल्य अभिवृद्धि कर बुझाउने करदाता दुई हजार ७४९, अन्तःशुल्क बुझाउने करदाता दुई हजार ८३, सरकारी कार्यालयहरु ५६ तथा व्यक्तिगत पान नम्बर लिने १५ हजार ९५७ पुगेका आन्तरिक राजश्व कार्यालय कावासोतीले जनाएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.