सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सौराहाको जङ्गल सफारी लजको ‘पे नाउ गो लेटर अफर’ मा तीन सय कोठा बुकिङ


  •    न्युजभित्तो/२ श्रावण २०७८, शनिबार १५:२५ 
  • चितवन, २ साउन । कोरोना सङ्क्रमणका कारण ठप्प रहेको सौराहाको जङ्गल सफारी लजले असार महिनामा ‘पे नाउ गो लेटर अफर’मा ३०० कोठा बुकिङ गरेको छ । सबै होटल बन्द भइरहँदा यो होटलले नयाँ अफरमार्फत आर्थिक वर्षको मसान्तमा बैंकिङ किस्ता र ब्याजलगायतका खर्च गर्न सहज बनाएको हो ।

    होटलका कार्यकारी निर्देशक सुमन घिमिरेका अनुसार असार १ देखि ३१ गतेसम्म सामाजिक सञ्जालमार्फत अफर आह्वान गरिएको थियो । आन्तरिक पर्यटक प्रवद्र्धनका लागि गरिएको यो अफरमा स्वदेशी र विदेशमा रहेका नेपालीले बुकिङ गरेका छन् । बढी सङ्ख्यामा वीरगञ्जदेखि बुटवलसम्मका पर्यटक छन् । पोखरा र काठमाडौँका पर्यटकको सङ्ख्या पनि ठूलो रहेको उहाँले जानकारी दिनुभयो । स्थानीयसँगै ठाउँठाउँबाट पत्रकार, लेखक, साहित्यकार, व्यवसायी, कर्मचारी, नेपाल प्रहरी, नेपाली सेनालगायतले सो अफरमार्फत कोठा बुक गरेका हुन् ।

    यस योजनाअन्तर्गत पर्यटकले तीन रातका लागि कोठाको मूल्य मात्र रु चार हजार तिरे पुग्नेछ । अन्य समयमा ती कोठाको मूल्य रु १० हजार ५०० हुने गर्दछ । यसको साथै स्वीमिङ पुलको सुविधा पाइनेछ । यस योजनाअन्तर्गत होटलको कोठामा ६२ प्रतिशत छुट दिइएको छ । कोठामा दुई वयस्क र एक बच्चा बस्न पाउनेछन् ।

    सो योजनामा कोठा बुक गरेकाले आगामी चैत २८ गतेसम्म प्रयोग गर्नुपर्ने घिमिरेले जानकारी दिनुभयो । उत्साहजनक ढङ्गबाट कोठा बुकिङ भएको जनाउँदै उहाँले यसले आफूलाई हौसला मिलेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो योजनालाई देशका प्रमुख पर्यटकीय ठाउँका होटलमा संयुक्तरुपमा लैजानुपर्छ भन्ने सोचको विकास भएको छ ।” यसले खाली हुने कोठा बुकिङ हुने र अग्रीम भुक्तानी हुँदा सञ्चालनमा सहयोग पुग्ने उहाँको भनाइ छ ।

    कोभिडका कारण पर्यटन क्षेत्र प्रभावित भएको छ । यस अभियानले केही हदसम्म सहयोग पु¥याउने घिमिरे बताउनुहुन्छ । असारभित्र भौचर लिने ग्राहकमध्ये एक जनाले काठमाडौँ–भरतपुर–काठमाडाँै हवाई टिकट, विमानस्थलबाट होटलसम्म गाडीको व्यवस्था र तीन रातसम्म पेयपदार्थ पुरस्कारस्वरुप पाउनेछन् । यसरी बुकिङ गरेका धेरैले खाना होटलमा नै खाने अपेक्षा गरिएको छ । कोभिडसँगै गत वैशाख १५ गतेदेखि बन्द भएका सौराहाका होटल असार २४ गतेदेखि आंशिक खुलेका छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.