कार सजावट र किनवेचको व्यवसायबाट विदेशमाभन्दा स्वदेशमा मनग्य आम्दानी गर्दै चापागाई
न्युजभित्तो/२६ असार २०७८, शनिबार १०:१६
चितवन,२६ असार । पन्ध्र वर्षभन्दा बढी समय रोजगारीका लागि विभिन्न देशमा बिताउनु भएका ज्ञानेन्द्र चापागाई क्षेत्री अहिले भरतपुरमा आफ्नै व्यवसायमा रमाउनुभएको छ । भरतपुरमा कार सजावट र किनबेचको व्यवसाय गर्नुभएका उहाँ विदेशकोभन्दा यहाँको कमाईमा सन्तुष्ट हुनुहुन्छ ।
भरतपुर महानगरपालिका वडा नं. १० रिजाल चोकमा उहाँको कान्तिपुर कार डेकोर एण्ड ज्याकवास सेन्टर वीथ रिकण्डिसन रहेको छ । हरेक दिन बिहान सबेरैदेखि साँझ अबेरसम्म कामदार कर्मचारीसँगै उहाँ काममा व्यस्त हुनुहुन्छ । भरतपुर महानगरपालिका वडा नं. २६ को मिलनचोकमा मूल घर भएका चापागाईले स्नातक अध्ययनका क्रममा विदेशिनु भयो ।
बि.सं. २०५७ सालमा मकाउ जानु भएका उहाँले चार वर्ष त्यहाँ बिताउनुभयो । मासिक रु.१ लाख कमाई हुने भए पनि चित्त नबुझे पछि उहाँ कोरिया पुग्नुभयो । सात वर्षको कोरिया बसाईमा मासिक रु.१ लाख ३० हजार हाराहारी कमाई हुने भएको थियो । त्यसबाट उहाँ सन्तुष्ट हुन सक्नु भएन । त्यसपछि युएई पुग्नुभयो । त्यहाँ चार वर्ष ६ महिना बसाईमा मासिक रु.१ लाख ५० हजार हाराहारी कमाईलाई छाडेर उहाँ स्वदेश फर्किनु भयो ।
नेपाल फर्किए लगत्तै भरतपुर विमानस्थल नजिकै यो व्यवसाय शुरु गर्नुभयो । झण्डै रु.४० लाखको संरचना निर्माण गरी व्यवसाय थालेपनि विस्तार भएसँगै उहाँले फराकिलो ठाउँ खोज्नु भयो । यही क्रममा तीन वर्षपछि उहाँ रिजाल चोक आईपुग्नुभयो । जहाँ अहिले दुई कठ्ठा जमिनमा संरचना निर्माण गरी कारको सजावट, सरसफाई, पार्टस् बिक्री, पुराना कार किनबेचको व्यवसाय गर्नुभएको छ ।
यो व्यवसायमा उहाँको लगानी झण्डै दुई करोड पुगिसकेको छ । क्याम्पस पढाउँदै गर्नुभएकी श्रीमती सुलोचना प्याकुरेल क्षेत्रीले पनि फुर्सदको समयमा व्यवसायमा साथ दिंदै आउनु भएको छ । दिउँसोको समयमा सुलोचनाले व्यवसाय हेर्नुहुन्छ भने उहाँ बजार प्रबद्र्धनमा जुट्नुहुन्छ । नौ जना कामदार कर्मचारीलाई रोजगारी दिएर व्यवसाय गरिरहनु भएका उहाँले भन्नुभयो “मैले विदेशमा मिहिनेत गर्नुपर्छ भन्ने सिकेको कुरा स्वदेशमा आएर कार्यान्वयनमा ल्याएको छु ।”
दैनिक १४ घण्टा हाराहारी काममा खट्ने उहाँ शनिबारको दिन परिवारसँगै रमाउने गर्नुहुन्छ । कोरियामा जस्तै गरी सातामा एक पटक कामदार कर्मचारी सहित खानपान गराउने उहाँको प्रचलन रहेको छ । आम्दानी कस्तो छ ? भन्ने जिज्ञासामा उहाँले भन्नुभयो “विदेशको भन्दा झण्डै दोब्बर यहाँ कमाउँछु । यसमा मेरो कडा मिहिनेत छ ।” अब विदेश जानुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो “अमेरिकाले भिसा पठायो भने पनि म जान्न ।”
ज्ञानुका नामले परिचित चापागाई क्षेत्रीका अहिले भरतपुर क्षेत्रमा राम्रै सेवाग्राही छन् । मिजासिलो स्वभाव र मिठो बोलिका कारण सेवाग्राहीको मन जित्न सक्नु भएका उहाँको कर्म देखेर पनि धेरै प्रभावित हुने गरेका छन् । विदेशमा लामो समय बिताएको अहिले भने पछुताउ मानिरहनु भएको छ । केही वर्ष अघि फर्किएर यहाँ आफै व्यवसाय गर्नुपर्ने सम्झँदै उहाँले विदेश जानलाई खुट्टा उचाल्नेहरुलाई स्वदेशमै श्रम गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो “विदेशमा भन्दा धेरै कमाई यही गर्न सकिदो रहेछ ।”
विदेश रहँदा राम्रै कमाई र पुर्खाैली सम्पत्ति भएकाले अहिलेको कमाई उहाँको बचत हुने गर्दछ । भरतपुर महानगरपालिका वडा नं. ४ कटहरचोकमा १२ वर्षदेखि स्थायी रुपमा बसोबास गर्दै आउनु भएका उहाँले आउँदा दिनहरुमा व्यवसायलाई अझै विस्तार गर्ने योजना बनाउनु भएको छ ।