सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

देवघाटमा अज्ञात रोगले ५३ बाख्रा मरे


  •    न्युजभित्तो/२६ असार २०७८, शनिबार ०७:२६ 
  • चितवनः देवघाटको एक व्यवसायिक बाख्रा फर्मका ५३ वटा बाख्रा अज्ञात रोगले मरेका छन् । गत फागुनदेखि हालसम्म निरन्तर रुपमा बाख्रा मरेका हुन् । पछिल्ला दिनहरुमा यो संख्या बढ्दो रहेको छ ।

     

    देवघाट गाउँपालिका वडा नं. ५ कालिमाटीमा रहेको बुद्धिप्रसाद भट्टराईको कृषि फर्मका बाख्रा मरेका हुन् । भरतपुर महानगरपालिका वडा नं. ९ निवासी भट्टराईले गतवर्षको असोजबाट बाख्रा फर्म शुरु गर्नुभएको हो । उहाँका अनुसार माउ बाख्रा बढी संख्यामा मरेका छन् । उहाँले भन्नुभयो “पछिल्ला दिनहरुमा दैनिक एउटा बाख्रा मर्ने गरेका छन् ।” अहिले पनि सात वटा बाख्रा बिरामी भएको उहाँले जानकारी दिनुभयो ।

     

    फर्ममा ११० वटा बाख्रा रहेका थिए । रु. ४० लाख लगानी गरेर फर्म शुरु गरेको भन्दै उहाँले भन्नुभयो “रु.२२ लाखभन्दा बढी मूल्यका बाख्रा मरिसके । अझै रोगको पहिचान हुन सकेको छैन ।” विज्ञहरुले रगत घट्ने र हेमोग्लोबिन कम हुने समस्या रहेको जनाएको उहाँले बताउनुभयो । टेलिफोनमा उहाँले भन्नुभयो “बाख्रालाई रगत दिनका लागि अनुमति लिन अहिले भेटेनरी कार्यालय भरतपुर आएको छु ।”

     

    भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, चितवनबाट बाख्राको पोष्टमार्टम गरी नमुना परीक्षणको लागि केन्द्रीय पशुरोग प्रयोगशाला त्रिपुरेश्वर काठमाडौँ पठाएको कार्यालयले जनाएको छ । बाख्राको रगत र स्वाब संकलन गरेर काठमाण्डौं पठाएको १४ दिन भएपनि अहिलेसम्म नतिजा नआएको उहाँको भनाई छ । जुन जुन बाख्राको नमूना पठाईयो, ती बाख्रा मरिसकेको उहाँले बताउनुभयो । बाख्रालाई १०८ डिग्रीसम्म ज्वारो आउने खान छाड्ने र क्रमशः शिथिल भएर मर्ने गरेका छन् ।

     

    व्यवसायिक बाख्रा पालन गरे पनि बीमा परिपक्क भई नसकेकाले जोखिम आफैले बहन गर्नुपरेको दुखेसो उहाँले पोख्नुभयो । हालसम्म कुनै निकायबाट सहयोग नपाएको उहाँ बताउनुहुन्छ । गाउँपालिकामा सहयोग अनुरोध गरेको भए पनि पाउन नसकेको भट्टराईको भनाई छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.