सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगरका किसानलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण


  •    न्युजभित्तो/२५ असार २०७८, शुक्रबार १७:४६ 
  • रत्ननगर, २५ आसर । रत्ननगर नगरपालिकाले ५० प्रतिशत अनुदानमा किसानहरुलाई आधुनिक उपकरण वितरण गरेको छ । कृषि उत्पादन बढाउन र लागत मुल्य कम गर्न सो नगरपालिकाले सहकारी तथा कृषि समुह मार्फत किसानहरुलाई ट्याक्टर लगायत अन्य आधुनिक कृषि उपकरण वितरण गरेको हो । मकै उत्पादन प्रर्बद्धन कार्यक्रम अन्तर्गत रत्ननगर १६ पिठुवाको भद्रकाली दुग्ध उत्पादक सहकारी संस्था र रत्ननगर १२ को सुसब एकीकृत कृषि र्फमलाई ट्याक्टर सहित कल्टीभेटर,रोडाभेटर,हाइरो,बीउ राख्ने र मल छर्ने मेसिन,थ्रेसर,टेलर र च्यापकटर मेसिन गरिएको छ । ट्याक्टर सहित अन्य उपकरणलाई ३० लाखमा खरिद गरिएको र किसानले प्रयोग गर्ने गरी ५० प्रतिशत अनुदान अतार्थ १५ लाख रुपैयामा सेट उपलब्ध गराइएको कृषि विकास शाखा प्रमुख प्रविण लामाले जानकारी दिनुभयो ।
    पिठुवा साना किसान कृषि सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा ४ वटा च्यापकटर मेसिन,रत्ननगर ११ का किसान इश्वरी चौलागाई र रत्ननगर ३ का किसान दर्शन महतोलाई एक एक वटा एउटा च्यापकटर मेसिन प्रदान गरिएको छ । त्यसैगरी सहयोगी कृषक समुह रत्ननगर ११ लाई मकै छोड्याउने ३ वटा मेसिन,उत्पीडित कृषि सहकारी संस्था रत्ननगर ११,किसान युवराज शर्मा र नविपशु तथा कृषि फर्मलाई मकै छोड्याउने एक एक वटा मेसिन प्रदान गरिएको लामाले बताउनुभयो । त्यसैगरी सहयोगी कृषक समुह र किसाज युवराज शर्मालाई एक एक वटा मकै रोप्ने हाते मेसिन ५० प्रतिशत अनुदानमा प्रदान गरिएको छ । रत्ननगरका प्रमुख नारायण वन र उपप्रमुख विमला दुवाडीले सहकारी तथा कृषि समुहका अध्यक्ष र किसानहरुलाई उपकरण हस्तान्तरण गर्नुभएको थियो ।
    सो अबसरमा वनले किसानालाई व्यवायिक बनाउन उपकरण दिन्छु भन्दा पनि किसानहरुले चासो नदिएको बताउनुभयो । ५० प्रतिशत अनुदानमा उपकरण दिँदा पनि किसानहरु लिन नचाहेकोे उहाँको भनाई छ । सित्तैमा पाए लिने उहाँले भन्नुभयो “अनुदानमा दिँदा लिन नमान्ने हाम्रा किसानहरु हुनुहुन्छ ।” वनले सहकारी र कृषि समुहलाई प्रदान गरिएको उपकरण दुरुपयोग भए नगरपालिकाले फिर्ता दिने बताउनुभयो । अन्न उब्जनीमै उपकरण प्रयोग हुनुपर्ने भन्दै उहाँले ट्याक्टर बालुवा र ढुंगा बोक्न प्रयोग भए नगरपालिकाले फिर्ता लिने छ । उपप्रमुख विमला दुवाडीले रत्ननगर व्यवसायिक कृषिमा आधारित नगर भएकाले यहाँका सबै किसानलाई व्यवसायीमुखी बनाउने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले कृषि क्षेत्रको विकासका लागि आधुनिक खेती प्रणालीमा रुपान्तरण जरुरी रहेको बताउनुभयो । कार्यक्रममा आर्थिक विकास समितिका सदस्यहरु सरस्वती लामा,रमा भट्टराई,कृषि शाखाका बासुदेब खनाल,शोभाखर रिमाल लगायतको सहभागिता रहेको थियो ।

     

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि तथा वन विज्ञान विश्वविद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो, एक हजार ६९३ विद्यार्थीले दिए प्रवेश परीक्षा
    बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम
    विद्यालयको पहुँचमै छैनन् २७ हजार बालबालिका
    • जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
    • चितवनमा ९२ जनामा डेङ्गु सङ्क्रमण, एक सय ९१ जनामा स्क्रफ्ट टाइफस
    • कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    • ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.