चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङ्को जोखिम बढी
चितवन
उच्च सतर्कता अपनाउन सके चट्याङबाट बच्न सकिने विज्ञहरुले सुझाएका छन् । अहिलेको मौसम चट्याङ्का दृष्टिले निकै जोखिमपूर्ण रहेको भन्दै उच्च सतर्कता अपनाउन बिज्ञहरुले सुझाव दिएका हुन् ।
स्याण्डविच कार्यक्रम अन्तर्गत श्रीलङ्का र स्विडेनबाट चट्याङ्मा बिद्यावारीधि गरेका डाक्टर श्रीराम शर्माका अनुसार वि. सं. २०६८ देखि २०७४ सम्म गरिएको अध्ययनमा नेपालमा हरेक वर्ष चट्याङ्कै कारण एक सय १० जनाले ज्यान गुमाउँदै आएका छन् । सावधानी अपनाउन नसक्दा यस्तो घटना हुने गरेको हो । चैत १५ देखि असार मसान्तसम्म नेपालमा चट्याङ्को बढी जोखिम हुने गर्दछ ।
घर एवम् भवनहरुमा विद्युतीय सुचालकको प्रयोग गरेर आकाशदेखि जमिनसम्म सजिलो बाटो उपलव्ध गराउन सकेमा घर चट्याङ्को जोखिमबाट बच्ने डाक्टर शर्माले बताए । नेपालमा पछिल्लो समय निर्माण गरिएका भवनहरुमा बिद्युतीय सामानको अर्थिङ गर्ने गरिए पनि भवनको अर्थिङ समेत जोड्ने क्रम अझै प्रभाबकारी ढङ्गले गरिएको पाईँदैन ।
घरका बिद्युतीय सामानको अर्थिङ गर्दा टाढाबाट बिद्युतीय तार र टेलिफोनका तार मार्फत आउने करेन्टबाट बचाउन सकिने शर्माको सुझाव छ । शर्माका अनुसार १० किलोमिटर पर परेको चट्याङ्लाई समेत बिद्युतीय वा टेलिफोनका तारले भोल्टेजलाई एन्टेनाको रुपमा रिसिब गरेर घर सम्म ल्याउने गर्दछ ।
घरमा बिद्युतीय सामान सहित सम्पूर्ण भवनको चट्याङ प्रतिरक्षा सामग्री जोड्नुपर्ने बताए । घरको माथि रड राखेर त्यसलाई तामा वा ग्याल्मोनाईज आल्मोनियमको पाता अथवा रड मार्फत जमिन मुनि सम्म पु¥याएर सुरक्षित अवतरण गर्न उनले सुझाब दिए । त्यसलाई करिब ८ फिट गहिरो खाल्डो खनेर तामाको रड वा पातामा जोड्नु पर्ने उनले बताए । खाल्टोमा पहिले कोईला र नुन राख्ने गरे पनि त्यसले पाता विगार्ने हुँदा त्यसका लागि बनेको छुट्टै रसायन राख्न उनले सुझाब दिए ।
चट्याङ्को फाईन सिग्नेचर विषयमा नेपालमा पहिलो विद्यावारिधि गरेका डाक्टर पितृभक्त अधिकारी चट्याङ् परेको समयमा निकै सावधानी अपनाउनु पर्ने सुझाव दिन्छन् । विदेशको एउटै फुटबल मैदानमा एकै समुहका ११ जना खेलाडीले चट्याङ्का कारण ज्यान गुमाउनु परेको भन्दै उनले सावधानी अपनाउनु नै बच्ने उपाय भएको बताए ।
उनका अनुसार घर बाहिर हुँदा खुल्ला ठाउँमा रहेमा टाउको र खुट्टा जोडेर गोलो परेर बस्नुपर्ने हुन्छ । चट्याङ पर्ने समयमा रुखको नजिक, बिजुली र फोनको पोल, अग्ला भवन नजिक पनि नबस्न उनको सुझाव छ । बिद्युतीय सामग्रीहरु प्लगमा नजोड्न र ल्याण्डलाईन फोनमा कुरा नगर्न पनि अधिकारीको सुझाव छ । तर मोवाईल फोन भने चलाउन सकिने उनी बताउँछन् ।
गाडीमा रहेमा सिसा लगाएर बस्नु पर्छ । धातुका गाडी सुरक्षित हुने भए पनि प्लाष्टिकका गाडी असुरक्षित हुने बिज्ञहरुको भनाई छ । खेतमा पानीमा काम नगर्न र पौडी नखेल्न पनि विज्ञको सुझाब छ । घर भित्र बस्दा झ्याल र भित्ता नजिक बस्न नहुने भन्दै डाक्टर अधिकारीले धाराका पानीमा करेन्ट आउन सक्ने भएकाले पानी नखेलाउन पनि सुझाब दिए ।
चट्याङ् प्राकृतिक प्रकृया हो । अहिले मात्र होईन मानव जाती अथवा जिवजन्तुको पृथ्वीमा अस्तित्व हुनु भन्दा अगाबै चट्याङ् पर्ने गरेको विज्ञहरुको भनाई छ । ईन्जिनियरिङ् विषय अध्ययन गर्दै गरेका विद्यार्थीलाई पढाउँदै आएका डाक्टर शर्मा पृथ्वी र वायुमण्डलमा आउने सूर्यका विभिन्न किरणहरुले पृथ्वी वा वायुमण्डलमा बिद्युतीय चार्ज उत्पन्न गराई रहने बताउँछन् । उनका अनुसार यसरी उत्पन्न विद्युतीय चार्ज असन्तुलित बन्दा त्यो असन्तुलनलाई सन्तुलनमा ल्याउनका लागि चट्याङ् पर्छ ।