सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासंघ आवद्ध चितवनका पत्रकारको सात लाखको दुर्घटना बीमा


  •    न्युजभित्तो/१६ असार २०७८, बुधबार २०:१२ 
  • चितवन, १६ असार । नेपाल पत्रकार महासंघ चितवन शाखामा आवद्ध पत्रकारहरुको सात लाख रुपैयाँ बराबरको दुर्घटना बीमा भएको छ । कालिका नगरपालिकाले गत वर्षबाट शुरु गरेको बीमा रकममा प्रिमियम थप गरी सात लाख पु¥याईएको हो ।

    कालिका नगरपालिका र युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि.सँगको सहकार्यमा बीमा गरिएको महासंघका अध्यक्ष नारायण अधिकारीले जानकारी दिनुभयो । महासंघका २६७ जना सदस्यको बीमा गरिएको हो ।

    गत वर्षदेखि कालिका नगरपालिकाले पत्रकार महासंघ चितवनका सदस्यहरुको बीमा गर्न शुरु गरेको हो । महासंघका निवर्तमान अध्यक्ष राधेश्याम खतिवडा र नगर प्रमुख खुमनारायण श्रेष्ठबीच पत्रकार महासंघ चितवनका सदस्यहरुको बीमा गर्ने सम्झौता भएको थियो । गत वर्ष नगरपालिकाले एक लाख रुपैयाँ प्रिमियम तिरेर तीन लाख रुपैयाँको बीमा गर्न शुरु गरेको थियो भने यस वर्ष प्रिमियम रकममा थप गरी सात लाख पु-याईएको छ ।

    कालिका नगरपालिकाका प्रमुख श्रेष्ठले तीन लाख रुपैयाँबाट शुरु गरिएको बीमा यस वर्ष सात लाख पु¥याईएको उल्लेख गर्दै आउँदा दिनमा बीमा कार्यक्रमलाई निरन्तरता दिंदै जाने बताउनुभयो ।

    इन्स्योरेन्सका एरिया म्यानेजर प्रयास श्रेष्ठका अनुसार उक्त बीमाबाट दुर्घटना भई घाईते भएमा ७० हजार रुपैयाँ बराबरको औषधि उपचार सेवा र मृत्यु भएमा सात लाख रुपैयाँ पाईने छ । श्रेष्ठले १८ करोड ६९ लाख रुपैयाँ बराबरको जोखिम बहन गर्ने गरी बीमा भएको जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.