सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

तनहुँमा कृत्रिम हिमाल निर्माण


  •    न्युजभित्तो/१६ असार २०७८, बुधबार ०९:३५ 
  • तनहुँ १६ असार । जिल्लाको शुक्लागण्डकी नगरपालिकामा प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ क्षेत्रमा रहेको हिमालको जस्तो झल्को दिने गरी कृत्रिम हिमाल निर्माण गरिएको छ । डिभिजन वन कार्यालय तनहुँद्वारा शुक्लागण्डकी–२ स्थित च्यवनधाम परिसरमा मुक्तिनाथको जस्तै कृत्रिम हिमाल निर्माण गरिएको हो ।

    च्यवनधाम परिसरमा १०८ धारा निर्माण गरी धारामाथि माछापुच्छ्र«े धौलागिरि, अन्नपूर्णलगायतका हिमालको आकृति कुँदेर रमणीय स्थल निर्माण गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले जानकारी दिनुभयो । धाम परिसर क्षेत्रमा सौन्दर्य अभिवृद्धि तथा पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि कृत्रिम हिमाल निर्माण गरिएको हो । उहाँले भन्नुभयो, “यस कार्यका लागि गण्डकी प्रदेश सरकारको रु २० लाख आर्थिक सहयोग रहेको छ भने स्थानीय तहको १० प्रतिशत लागत सहभागिता रहेको छ ।”

    कृत्रिम हिमशृङ्खला र १०८ धारा निर्माण पछि ‘‘मिनी मुक्तिनाथ’’ उपनामले परिचित बन्दै गएको मुक्तिनाथ–शुक्लागण्डकी च्यवनधामका अध्यक्ष सुमेन्द्र लालचन बताउनुभयो । विसं २०६५ मा नदी किनारमा रहेको यो जग्गा पहुँचवालाले अधिग्रहण गरी २३ रोपनी जमीनमा बस्ती बसाउन खोजेपछि स्थानीय बासिन्दाको सक्रियतामा धाम निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।

    सार्वजनिक जमीनको संरक्षण गरी पर्यटकीयस्थलको पूर्वाधार निर्माण गर्न सबै क्षेत्रबाट सहयोग मिलेको धामका सचिव दुर्गादत्त सापकोटा बताउनभुयो । सेती नदीको किनारमा तपोभूमि क्षेत्र भएकाले धार्मिक तीर्थस्थल बनाउने उद्देश्यअनुरूप पूर्वाधार निर्माणको लागि खर्च जुटाउन तीन वर्षअघि महायज्ञ गरी रु एक करोड ५० लाख सङ्कलन गरिएको थियो । सङ्कलित रकमबाट मन्दिरमा पूर्वाधार निर्माणको कार्य अघि बढाइएको हो । उहाँले भन्नुभयो, “च्यवनधाम परिसरमा अहिले आकर्षक शुक्लेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । मन्दिरको छानो तामाको राखिएको छ ।”
    शुक्लेश्वरको आसपासमा सूर्य नारायण, लक्ष्मी नारायण, दुर्गा भवानी, गणेशको मन्दिरलगायतका संरचना छन् । मुक्तिनाथको जस्तै झल्को दिने गरी १०८ धारा, १०८ ओमकार कल्पवृक्ष, १०८ शिवलिङ्ग, मोक्षकुण्ड, वृद्धाश्रम, पार्कलगायतका संरचना निर्माण गरिएको छ ।

    च्यवनधाम परिसरमा बौद्ध गुम्बा पनि रहेको छ । एक अर्काको धर्मलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले गुम्बा निर्माण गरिएको हो । एक दशकको अवधिमा रु तीन करोडभन्दा बढी पूर्वाधार निर्माणमा लगानी भइसकेको समितिले जनाएको छ ।

    सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको संयुक्तरूपमा बजेट उपलब्ध गराउँदै आएका छन् । च्यवनधाममा पूर्वाधार थप्दै गएपछि आन्तरिक पर्यटकको उत्कृष्ट गन्तव्यस्थल बन्ने विश्वास गरिएको छ । धाम क्षेत्रमा मिनी चिडियाखाना बनाउने दीर्घकालीन योजना रहेको समितिका उपाध्यक्ष अर्जुन लम्सालले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.