काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन गएराति खण्डग्रास (आधा चन्द्रमा ढाक्ने) चन्द्रग्रहण लागेको छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच) बाट स्पर्श गरेको विद्धानहरुले बताएका छन् । बिहान ३ः१५ मा ग्रहणको मध्यकाल भई ४ः४५ मा मोक्षकाल अर्थात् ग्रहण सकिएको थियो ।
खगोलविद् तथा वैज्ञानिकका लागि भने ग्रहण एउटा प्रयोगात्मक प्रक्रियाको पुष्टि गर्ने सुनौलो अवसर भएको वाल्मीकि क्याम्पसका वरिष्ठ खगोलविद् जयन्त आचार्यले बताउनुभयो । एक्काइसौँ शताब्दीमा जम्मा पचासी चन्द्रग्रहण पर्ने जनाइएको छ । मङ्गलबार राति १ः४६ बजे शुरु भएको खण्डग्रास ग्रहणले चन्द्रमालाई ढाक्दै जाने क्रममा राति ३ः१५ बढी ढाकेको थियो । पूरै ढाक्ने भएको भए यसलाई खग्रास भनिन्थ्यो ।
१ः४६ बजेदेखि दुई घण्टा ५८ मिनेटसम्म अर्थात् ४ः४४ बजेसम्म चन्द्रमाको केही भागलाई तामा रङमा देखिएको थियो। यस अवधिलाई नै खण्डग्रास चन्द्रग्रहण भनिन्छ । ग्रहण नेपाललगायत भारत, चीन, मङ्गोलिया, जापान, रुस तथा अफ्रिका, दक्षिण अमेरिका, युरोप र अष्ट्रेलिया महादेशबाट पनि देखिएको बताइएको छ ।

(तस्विर : रासस)