सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, गरिबी निवारण र चेपाङ उत्थानमा केन्द्रीत राप्ती नगरपालिकाको बजेट


  •    न्युजभित्तो/१० असार २०७८, बिहीबार ०८:२३ 
  • राप्ती (चितवन), १० असार । राप्ती नगरपालिकाले पूर्वाधार विकाससँगै महिला, बालबालिका, विपन्न, कृषि र चेपाङ समुदायको उत्थानमा बजेट केन्द्रीत गरेको छ । नगरपालिकाले शिक्षा र गरिबी निवारणलाई महत्व दिएको हो ।

    नगरपालिकाले हालै सार्वजनिक गरेको बेटमा नगर क्षेत्रका चेपाङ छात्रालाई बालविवाह रोक्न २० वर्षसम्म अध्ययन गर्नेलाई रु।१५ हजार नगद प्रोत्साहन स्वरुप दिने व्यवस्था गरेको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट मार्फत् कलिलो उमेरमा हुने विवाह रोक्न यस्तो कार्यक्रम ल्याएको नगर प्रमुख प्रभा बरालले बताउनुभयो । उहाँले १९/२० वर्षमा तीन वटासम्म सन्तान बोकेर नगरपालिका आउने गरेको स्मरण गराउँदै भन्नुभयो “चेपाङ बालिकाको शिक्षा र बालविवाह रोक्न यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरेका छौं ।”

    त्यसैगरी रोजगार र उत्पादनमूलक कार्यक्रमका लागि नगरपालिकाले रु १ करोड विनियोजन गरेको छ । साझेदारी कार्यक्रमका लागि रु ३ करोड, अधुरा कार्यक्रम पूरा गर्न रु १ करोड विनियोजन गरेको छ । प्रमुख बरालका अनुसार स्वास्थ्य स्वयंसेविकालाई साईकल कार्यक्रम, विपन्नहरुका लागि वास कार्यक्रम अन्तर्गत रु १ करोड विनियोजन गरिएको छ ।

    दूधमा अनुदान दिन रु ५० लाख छुट्याईएको छ भने क्यान्सर र मृगौलाको डाईलासिसका लागि रु १० लाख छुट्याईएको छ । पहाडमा प्राथमिकता हुने गरी कृषक लक्षित कार्यक्रमका लागि रु ३५ लाख, चेपाङ, दलित, विपन्न, असहाय, अपाङ्गलाई स्वास्थ्य बीमा कार्यक्रमका लागि रु १० लाख बजेट छुट्याईएको उहाँले न्यूजभित्तोलाई जानकारी दिनुभयो ।

    कोभिड र विपत् व्यवस्थानका लागि रु १ करोड, असहाय आमा, बुबा र टुहुरा छोराछोरी संरक्षण कार्यक्रम सञ्चालन गरिंदै छ । नगरपालिकाले भण्डारा अस्पताल र आधारभूत स्वास्थ्य चौकीका लागि रु १ करोड बजेट विनियोजन गरेको छ । नगरपालिकाले विद्यार्थीको प्रतिभा पहिचान कार्यक्रम, सुत्केरी विदामा रहेका शिक्षिकाको सट्टा स्वयंसेवि शिक्षिका कार्यक्रम, कक्षा नौदेखि १२ सम्मका लागि छात्रवृत्ति, गरिब तथा जेहेन्दार छात्रवृत्ति कार्यक्रम, बाख्रा, पकेट विकास कार्यक्रम, मागमा आधारित पशु विकास कार्यक्रम गर्ने छ ।

    यस्तै पशु शिविर कार्यक्रम, बर्थिङ सेन्टरमाा सुत्केरी हुने महिलालाई रु २ हजार प्रोत्साहन भत्ता, लैंगिक हिंसा कोष स्थापना, बाल कोष स्थापना, महिला तथा बालबालिका आयआर्जन कार्यक्रम, व्यवसायिक महिला समता विकास कार्यक्रम, मागमा आधारित कृषि कार्यक्रम पनि नगरपालिकाले ल्याएको छ ।

    नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को लागी रु ९२ करोड ९७ लाख ३६ हजार ४ सय २९ को बजेट ल्याएको छ । पालिकाहरु मुख्य रुपमा सडक निर्माणमा केन्द्रीत हुने गरेको आरोप लागिरहेको समयमा राप्ती नगरपालिकाले भने समग्र मानवीय विकासमा जोड दिएको छ । गरिबी न्यूनिकरण, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासका लागि नगरपालिकाले अघि सारेका योजनाले नगरको सन्तुलित विकास हुने अपेक्षा गरिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.