सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा निजी सवारी जोर विजोर, पसल हप्ताको तीन दिन सञ्चालन गर्न पाइने, के खुल्ने के नखुल्ने ?


  •    न्युजभित्तो/९ असार २०७८, बुधबार १४:१६ 
  • चितवन, ९ असार । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञालाई केही खुकुलो बनाउँदै निजी सवारी साधन जोडर विजोर सञ्चालन गर्न पाईने व्यवस्था गरेको छ । प्रशासनद्वारा आज जारी निषेधाज्ञामा जोर गते जोर नम्बर र विजोर गते विजोर नम्बरका निजी सवारी साधन सञ्चालन गर्न पाईने भएको छ । तर निजी सवारी साधनमा सिट क्षमताभन्दा आधा (५० प्रतिशत) मात्रै राख्न पाईने छ ।

    यस्तै खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछा/मासु, अण्डा, चल्ला, दाना, एग्रोभेट, भेटेरीनरी औषधि पसल, खाना पकाउने ग्याँस, निर्माण सामग्री सम्बन्धी पसल र पुस्तक तथा स्टेशनरीपसल दैनिक बिहान ६ बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन पाईने भएको छ । दूध डेरीको हकमा बेलुकी ५ बजेदेखि ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाईने छ ।

    यसैगरी इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स पसल, भाँडा पसल, कपडा पसल, फेन्सी पसल, कम्प्युटर पसल, कस्मेटिक तथा गिरफ्ट पसल, सुनचाँदी पसल, फर्निचर था फर्निसिङ, अटोमोबाईल, मोटरपार्टस्, जुत्ता/चप्पल पसल, टेलरिङ, प्रेस तथा फोटोकपी पसलहरु आईतबार, मंगलबार र बिहीबार दिउँसो १२ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन गर्न पाईने छ ।

    (हेर्नुहोस् विस्तृतमा )

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.