सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कागेश्वरी मनोहरामा रु दुई अर्ब तीन करोड ७६ लाखको बजेट


  •    न्युजभित्तो/९ असार २०७८, बुधबार ११:१० 
  • काठमाडौँ, ९ असार । कागेश्वरी मनोहरा नगरपालिकाको नगरसभामा रु दुई अर्ब तीन करोड ७६ लाख ९२ हजार ९२ को बजेट पेश भएको छ ।आर्थिक वर्ष २०७८-२०७९ का लागि नगरसभाको सोमबार शुरु बैठकमा चालुतर्फ रु ४७ करोड ५२ लाख ५९ हजार र पुँजीगत खर्चतर्फ रु एक अर्ब ५६ करोड २४ लाख ३३ हजार ९२ को बजेट विनियोजन गरिएको छ ।

    सभामा पेश गरिएको आगामी आर्थिक वर्षको अनुमानित बजेटमाथि छलफल गरी असार १० गते पारित गर्ने कार्यक्रम रहेको नगर प्रवक्ता राजाराम पुडासैनीले राससलाई जानकारी दिनुभयो । बजेटमा कोभिड–१९ बाट नगरवासीलाई बचाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिइएको छ । मूलपानीमा रहेको नगर अस्पताललाई अक्सिजन, आइसियुसहितको सुविधा सम्पन्न बनाइने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

    यसैगरी रोजगारी सृजना एवं पूर्वाधार विकासलाई पनि बजेटमा प्राथमिकता दिइएको छ । कृषि, शिक्षालगायत शीर्षकमा पनि प्राथमिकताका साथ बजेट विनियोजन गरिएको जनाइएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.