सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेप्सेमा उच्च अङ्कको वृद्धि, आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट


  •    न्युजभित्तो/८ असार २०७८, मंगलवार १७:५४ 
  • काठमाडौ ८ असारः धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार आरालो लागेको नेप्सेमा आज भने पुनः हरियाली छाएको छ ।
    नेपाल स्टक एक्सचेञ्जका अनुसार मङ्गलबार नेप्से ७९.४४ बिन्दुले उकालो लागेर दुई हजार ९१३.८४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १६.१९ बिन्दुले बढेर ५३६.३४ मा पुगेको छ ।
    नेप्सेका अनुसार कूल २२५ कम्पनीको एक करोड ९७ लाख ७० हजार ६३८ कित्ता शेयर रु १० अर्ब २८ करोड ६२ लाख ६९ हजार ९५७ मा खरिद बिक्री भए ।
    आजको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब ४८ अर्ब दुई करोड ४४ लाख बराबर पुगेको छ ।
    कारोवार भएका कूल १३ उपसमूहको नै शेयर मूल्यमा वृद्धि भएको छ । बैंकिङ ४४।१३, व्यापार २१।५४, होटल तथा पर्यटन १०९।९५, विकास बैंक २५१।३३, जलविद्युत् १५०.०१, वित्त १२७.६, निर्जीवन बीमा ३७५.२३, उत्पादन १६२.४१, अन्य ३४.८२, लघुवित्त ६४.९, जीवन बीमा ३८७.८५, सामूहिक लगानी कोष ४.५८ र लगानी उपसमूहको शेयर ४.५८ बिन्दुले उकालो लागेको छ ।
    नेप्सेका अनुसार आज आठ वटा कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा अधिकांश जलविद्युत् कम्पनी रहेका छन् ।
    अपि पावर कम्पनी, ङादी ग्रुप अफ पावर, पञ्चकन्या माई हाइड्रोपावर, बरुण हाइड्रोपावर, एचआइडिसिएल, जानकी फाइनान्सको शेयरमा समान १० प्रतिशतले बढोत्तरी भएको छ । राधी विद्युत् कम्पनी ९.९९, जोशी हाइड्रोपावरको शेयरमा ९.९६ प्रतिशतको वृद्धि भएको छ ।
    यस्तै, गोर्खाज फाइनान्स, ३.१७, एभरेष्ट इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर ३.०५, एसबिएल डिवेञ्चर २, एनआइसि एशिया डिवेञ्चर १.९६ र कुमारी इक्विटी फण्डका लगानीकर्ताले १.४४ प्रतिशतले गुमाए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृष्णभिरमा सडक सञ्चालनसँगै खुशी छन् चालकहरु 
    ‘चित्वन स्पाईसी हर्ब’ को औपचारिक उद्घाटन
    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    • अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    • जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.