सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राप्ती नगरपालिकाको बजेट ९२ करोड ९७ लाख


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १९:३७ 
  • राप्ती (चितवन), ७ असार । राप्ती नगरपालिकाले आर्थिक बर्ष २०७८/०७९ को लागी रु. ९२ करोड ९७ लाख ३६ हजार ४ सय २९ रुपैयाको बजेट सार्वजनिक गरेको छ । आज सम्पन्न नगर सभामा उक्त बजेट सार्वजनिक गरिएको हो ।

    नगरले आन्तरिक श्रोत अन्तर्गत रु.८० करोड, प्रदेश सरकारको सवारी साधन करबाट ४ करोड ३७ लाख ४२ हजार ४ सय २९ रुपैया, सवारी साधन कर प्रदेश सरकारबाट राजश्व संकलन रु.११ करोड ६८ लाख ३२ हजार, संघीय सरकार अनुदान रु. १७ करोड ४५ लाख, संघीय सरकारको शर्सत अनुदान अन्तर्गतरु. ३१ करोड ५२ लाख रहेको छ । यसैगरी प्रदेश सरकार अनुदान रु.१५ करोड २४ लाख ४ हजार, प्रदेश सरकार बिशेष अनुदान रु. २ करोड ५० लाख, प्रदेश सरकार बिशेष अनुदान रु. ६ करोड ६४ लाख , १८ हजार, भिसिडिपि रु.७ लाख र आर्थिक बर्ष २०७७ ÷०७८ को बाँकी मौज्दात रु. ८ करोड ४६ लाख रहेको छ ।

    राप्ती नगरपालिकाको सोमवार वीरेन्द्रनगरमा सम्पन्न भएको नवौ नगर सभामा प्रस्तुत भएको बजेटमा सबभन्दा बढी पूर्वाधार विकासमा छुट्टाइएको छ । नगरले सडक पुलमा रु. ७ करोड ७५ लाख १५ हजार र भवन तथा शहरीमा रु. ४ करोड ४९ लाख ९३ हजार गरी १२ करोड २५ लाख १५ हजार पूर्वाधार विकासमा बजेट छ्ट्टाएको हो ।

    नगरले सामाजिक विकासमा रु. ८ करोड ८८ लाख ९२ हजार छुट्टाएको छ । यसमा शिक्षा अन्तर्गत रु. ३ करोड ६० लाख ७२ हजार र स्वास्थ्यमा ४ करोड १४ लाख ५९ हजार रहेको छ । आर्थिक विकास अन्तर्गत ७ करोड ८२ लाख २५ हजार रहेको छ । जसमा कृषिमा लक्षित कार्यक्रम सहित रु. ५ करोड ९६ लाख ६४ हजार रहेको छ ।

    यस पटकको बजेटमा व्यवस्थापन तथा सुशासनमा रु. ५ करोड ४४ लाख ५ हजार र विपद व्यवस्थापनमा नगरको रु. ५० लाख सहित १३ वटै वडाको गरी रु. २ करोड ६२ लाख रहेको छ । नगरले कार्यालय सञ्चालन तथा प्रशासनको लागी रु. १७ करोड ६२ लाख ८१ हजार बजेट राखेको छ ।

    सभामा बजेट बक्तव्य नगर उप प्रमुख इमानसिह लामाले प्रस्तुत गर्नु भएको थियो । विद्यान प्रतिवेदन समितीका संयोजक सुमिता डल्लाकोटीले प्रस्तुत गर्नु भएको थियो । न्यायिक समिती प्रतिवेदन समितिका सदस्य पूर्णप्रसाद आर्चाय र लेखा प्रतिवेदन लेखा समितीका संयोजक इन्द्रबहादुर लामाले प्रस्तुत गर्नु भएको थियो । सभा नगर प्रमुख प्रभा बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । सभाको सहजीकरण नगरका प्रमुख प्रशासकीय अधिकृत गंगा बहादुर भुजेलले गर्नु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.