सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

असारको पहिलो साता सुनको भाउ तोलामा २८ सयले घट्यो


  •    न्युजभित्तो/७ असार २०७८, सोमबार १५:३५ 
  • काठमाडौं,७ असार । असारको पहिलो साता सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन असार १ गते ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ असार ७ गते ९० हजार चार सय रुपैयाँमा आइपुगेको छ ।

    यस्तै साता भर तेजावी सुुनको भाउ दुई हजार ७५० रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महिनाको पहिलो दिन ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावल सुनको भाउ आज ७ गते ८९ हजार ९५० रुपैयाँमा आइपुगेको छ ।

    चाँदी भने साताभर जम्मा ६० रुपैयाँले तोलामा घटेको छ । एक हजार ३५५ रुपैयाँमा असार एक गते कारोबार भएको चाँदीको भाउ ७ गते १२ सय ९५ रुपैयाँ कायम भएको छ ।
    एक गतेदेखि ६ दिनसम्म लगातार घटेको सुन चाँदीको भाउ ७ असारमा भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ ।

    मंगलबारबाट सुनचाँदी कारोबार खुल्दै

    निषेधाज्ञाका कारण वैशाख १५ गतेबाट बन्द सुन चाँदी व्यवसाय मंगलबारबाट सञ्चालनमा आउँदैछ । साताको तीन दिन आइतबार, मंगलबार र बिहीबार सुन चाँदी पसल खोल्न दिने प्रशासनको निर्णयपछि पसल सञ्चालनको तयारी थालिएको नेपाल सुन चाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए ।

    लामो निषेधाज्ञाका कारण आर्थिक अवस्था जर्जर बनका व्यवसायीहरुलाई व्यवसाय खुला भएपछि केही राहात मिल्ने उनले बताए । कोरोना बिरुद्धको खोप प्रभावकारी बन्दै गएपछि विश्व बजारमा सुनको भाउ ओरालो लाग्ने क्रममा देखिएको पनि बज्राचार्यले बताए ।

    ‘मानिसहरु विश्वस्त भएको देखिन्छ, अवस्था पुरानै लयमा फर्कियो भने सुनको भाउ तोलामा ८० देखि ९० हजारको बाीचमा मात्रै रहने अवस्था आउँछ,’ महासचिव बज्राचार्यले भने ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.