एक हप्ताको बीचमा सुनको मूल्य तीन हजार १०० रुपैयाँले घट्यो, आज कति छ ?
न्युजभित्तो/६ असार २०७८, आईतवार ११:५१
काठमाडौँ, ६ असार । गत सातादेखि निरन्तर ओरालो लागेको सुनको मूल्य आजपनि रोकिएको छैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुन प्रतितोला ८०० रुपैयाँले घटेर ९० हजार रुपैयाँमा झरेको हो ।
त्यसो त गत बुधबारदेखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्य ५ दिनको बीचमा अधिकतम तीन हजार एक सय रुपैयाँले गिरावट आइसकेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला ९३ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज ९० हजारमा झरेको छ ।
यस्तै, सुनको मूल्य निरन्तर घटिरहेका बेला यता चाँदीको मूल्य समेत घटिरहेको छ । महासंघका अनुसार गत बुधबार प्रतितोला अधिकतम एक हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार एक हजार २९० रुपैयाँमा झरेको छ ।