सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

शिक्षक र प्राध्यापकलाई बजेटमा विभेद गरिएको गुनासो


  •    न्युजभित्तो/३१ जेष्ठ २०७८, सोमबार १३:३७ 
  • काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको केन्द्रीय शिक्षा विभागले आगामी अर्थिक वर्षको बजेटमा निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई प्रदान गरिने सेवा तथा सुविधाको तुलनामा शिक्षक तथा प्राध्यापकलाई दिइने सेवा एवं सुविधामा विभेद गरिएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

    बजेटले निजामती, सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिक बराबरको रकमसहित पर्यटन काज उपलब्ध गराउने, निजामती कर्मचारीलाई रु १० लाखको सामूहिक दुर्घटना बीमा र रु एक लाखको स्वास्थ्य बीमा प्रिमियम बापतको रकम सरकारले ब्यहोर्ने व्यवस्था गरिएको छ ।

    विभागका सचिव डा कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत उक्त दुवै सेवा तथा सुविधाबाट शिक्षक र प्राध्यापकलाई वञ्चित गरिएकामा आपत्ति प्रकट गर्दै सरकारलाई त्यस्तो विभेदको अन्त्य गर्न आग्रह गर्नुभएको छ ।

    साथै विभागले सरकारले शिक्षक तथा प्राध्यापकवर्गको मागलाई आन्दोनबाट मात्र बाध्य भएर सम्बोधन गर्ने गरिएको पारिपाटीको अन्त्य गर्दै भविष्यमा यस्तोे विभेदकारी स्थितिको अन्त्य गर्ने व्यवस्था मिलाउनसमेत आग्रह गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.