सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

ट्रम्पले जनगणनामा नागरिकतासम्बन्धी थप प्रश्न नराख्ने


  •    /२७ असार २०७६, शुक्रबार २३:०३ 
  • वासिङ्टन (रासस/सिन्ह्वा) । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सन् २०२० मा हुने जनगणनाको प्रश्नपत्रमा नागरिकतासम्बन्धी प्रश्नावली थप्नका लागि थप प्रयास नगर्नुहुने भएको छ ।

    उहाँले केही प्रश्न थप्ने प्रस्ताव गरेकोमा विपक्षी सांसदहरुले अवरोध गरेपछि उहाँले त्यसका लागि थप प्रयास नगर्नुहुने भएको हो । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै उहाँले अमेरिकी प्रशासनले प्रश्नावली थप्न अरु प्रयास नगर्ने बताउनुभयो । त्यसको सट्टामा उहाँले कार्यकारी आदेश जारी गर्नुभएको छ ।

    अमेरिकामा रहेका मानिसलाई अमेरिकी नागरिक हो की होइन भनेर विवरण सङ्कलन गर्न आदेशमार्फत ट्रम्पले सबै सङ्घीय कार्यालयहरुलाई निर्देशन दिनुभएको छ । उहाँले नयाँ प्रश्नावलीमा “के यो अमेरिकी नागरिक हो ?” भन्ने प्रश्न थप्नुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

    जनगणनामा नागरिकतासम्बन्धी यो प्रश्न समावेश गर्ने योजना सर्वोच्च अदालतले गत जुन महीनामा रोकिदिएपछि उहाँले त्यो प्रस्तावलाई छाडेर कार्यकारी आदेश जारी गर्नुभएको हो । जनगणना देशको सबैभन्दा ठूलो विवरण सङ्कलन गर्ने माध्यम भएकाले त्यसलाई अधिकतम उपयोग गर्नुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ ।

    उहाँले अमेरिकामा रहेका मानिसको नागरिकताको अवस्था यकिन गर्ने प्रयासबाट आफू पछाडि नहट्ने पनि बताउनुभयो । अहिले जारी गरेको कार्यकारी आदेशसँगै संयुक्त राज्य अमेरिकामा कति नागरिक, कति अनागरिक र कति गैरकानूनी मानिसहरू बसिरहेका छन् भन्ने पत्ता लगाउन यो सूचना सङ्कलन गर्नुपरेको उहाँले स्पष्ट पार्नुभयो ।

    राष्ट्रपति ट्रम्प प्रश्नावलीमा नयाँ प्रश्न थप्ने प्रयासबाट पछाडि हटेर कार्यकारी आदेश जारी गरेपछि नागरिकतासम्बन्धी थप प्रश्न विना नै जनगणना प्रश्नपत्र छाप्न शुरु भएको अधिकारीहरुले जनाएका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    तनहुँमा दूध उत्पादनमा वृद्धि
    सन्दर्भः विश्व माटो दिवस: बिग्रियो माटो, घट्यो उत्पादन, चिन्तित किसान
    प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै
    • माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
    • पाँच वर्षमा पनि बनेन सिटीहल
    • तीस जना कैदीबन्दी त्रिपालमुनि
    • समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.