उन्नाइसौ शताब्दी को पूर्वार्द्धमा युरोपमा भएको औद्योगिक क्रान्तिका कारणबाट कृषि क्षेत्रमा रोजगारी घट्न गई रोजगारीको अवसर औद्योगिक क्षेत्रमा सर्न गयो । औद्योगिक क्षेत्र सीमित भएको, हातले गरिरहेको काम मेशिनबाट हुन थालेपछि श्रमको ज्याला घटेको, कामबाट मजदुरहरु विस्थापित हुन थालेको जस्ता अवस्था उत्पन्न भई श्रमजीवि मजदुरहरुको जीवनस्तर अत्यन्त दयनीय बनेर गयो । यस अवधिमा मजदुरहरुले आफ्नो दीगो, सम्मानित, उपयुक्त कार्य वातावरण सहितको एवं शोषणविहीन रोजगारीका लागि विभिन्न प्रयासहरु गर्न थाले । यस क्रममा श्रमिकहरुबाट भएको अभियानको फलस्वरुप मजदुर संगठन (ट्रेड यूनियन) हरुको जन्म भयो ।
मजदुरहरुको संगठित अभियानको उद्देश्य श्रमिकहरुको सामुहिक संगठन निर्माण गरी सो को माध्यमबाट राम्रो कार्य वातावरणको निर्माण, मजदुरहरुको स्वास्थ्य सुरक्षा, सामाजिक सुरक्षा, उचित ज्याला लगायतका विषयहरुमा कानून तर्जुमा गरी लागू समेत गर्नका लागि सरकारलाई दवाव दिनु थियो । यसै अभियानबाट शासन संचालनमा श्रमिक वर्गको समेत सहभागिता गराउने उद्धेश्यले श्रमिक वर्गको प्रतिनिधित्व गरी उनीहरुकै हितमा काम गर्ने राजनीतिक श्रमिक अभियानको विकास समेत भएको र श्रमिक सम्वन्धी राजनीतिक पार्टीहरु (वर्कर्स तथा लेबर पार्टी) हरु समेत स्थापना भएको देखिन्छ । यस परिप्रेक्षयमा औद्योगिक क्रान्तिबाट परेको यस असरबाट आफू सुरक्षित हुन, आफ्नो रोजगारीलाई दीगो र सुरक्षित राख्न तथा संगठित भई आफ्नै स्वामित्व र नियन्त्रणमा व्यवसाय संचालन गर्नका लागि श्रमिक सहकारीको अवधारणाको विकास भएको हो ।
श्रमिक सहकारीको अवधारणा
सदस्यको स्वामित्व, सदस्यको नियन्त्रण एवं सदस्यले फाइदा पाउने व्यवसायिक संगठनको रुपमा सहकारी संस्थाहरु रहेका हुन्छन् । सदस्यहरु वीचको पारस्पारिकताको माध्यमबाट पूँजी निर्माण गरी सदस्यहरुको पेशा व्यवसायसंग सम्वन्धित रहेर उत्पादन, वजारीकरण, रोजगारी र उपभोगमा सामुहिक प्रयासको माध्यमबाट उत्पादन र वितरणको लागत घटाउने तथा उत्पादनमा परिमाण र गुणस्तरियता कायम गरी सदस्यहरुलाई लाभान्वित गराउने कार्य सहकारी व्यवसायमा गरिन्छ । सहकारी व्यवसायले सदस्यको व्यवसायमा प्रतिफल सृजना गरी फाइदा पुर्याउने दुई वटा विधिहरु छन्ः संयुक्त खरिद विधि र संयुक्त बिक्री विधि ।
संयुक्त खरिद विधिको माध्यमबाट सदस्यका लागि आवश्यक उत्पादनका साधनहरु तथा उपभोग्य सामाग्रीहरु संयुक्त रुपमा खरिद गरी उत्पादन र उपभोग्य सामाग्रीमा गुणस्तरीयता र उचित मूल्य कायम गराई उत्पादन र उपभोगको लागत घटाउने तथा संयुक्त बिक्री विधिको माध्यमबाट सदस्यको उत्पादनलाई सामुहिक रुपमा बजारीकरण गरी उत्पादन बिक्रीमा सहजता तथा बजारीकरण लागत समेत कम गराई अधिकतम् वजार मूल्यमा वस्तु बिक्री गर्न सकिन्छ । यसरी सदस्यको उत्पादन र वजारीकरणमा सामुहिक प्रयासको माध्यमबाट भएको सदस्यको आर्जनलाई संयुक्त खरिद विधिको माध्यमबाट खरिद गरिएको उपभोग्य वस्तु उपलव्ध गराई सदस्यलाई बचत गराउने र व्यक्तिगत बचतलाई एकीकृत गरी सस्थागत पूँजी निर्माण गर्दै निरन्तर रुपमा व्यवसाय संचालन गर्ने गरी सहकारी व्यवसाय सदस्य केन्द्रित व्यवसायको रुपमा संचालन गरिन्छ ।
सहकारिताको यस मर्म अनुसार सहकारी व्यवसाय संचालन हुनको लागि वस्तुको प्राथमिक उत्पादक, वास्तविक श्रमिक र अन्तिम उपभोक्ताहरु संलग्न भएर सहकारी व्यवसाय संचालन गर्नुपर्दछ । सहकारिताको माध्यमबाट प्राथमिक उत्पादकले आफ्नो उत्पादनको लागत घटाउनुका साथै उत्पादनलाई उचित मूल्यमा बिक्री गर्ने र आफ्नो उत्पादनको सबै मूल्य सदस्यले नै पाउनसक्ने, श्रमिकले आफनो श्रमको उचित मूल्य प्राप्त गरी आफ्नो श्रमको सबै मूल्य आफैंले प्राप्त गर्नसक्ने तथा उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय वस्तु उपभोग गरी आफूले तिरेको मूल्यको पूरै प्रतिफल प्राप्त गर्न सक्ने अवस्था रहन्छ । यसबाट सहकारीमा शोषण विहिन अर्थिक सम्वन्ध (नन– एक्सप्लाेइटिभ इकाेनाेमिक रिलेशनशीप) कायम हुन जान्छ । शोषण विहिन आर्थिक सम्वन्ध नै वास्तवमा सहकारिताको मौलिकता हो, मान्यता हो, मर्म हो ।
श्रमिक सहकारीको सर्वमान्य परिभाषा नभए तापनि यो श्रमिकले सहकारिताका मूल्य मान्यता र सिद्धान्तहरुको अनुशरण गर्दै पारस्पारिकताका आधारमा आफ्नै संयुक्त स्वामित्वमा संचालन गर्ने एउटा सहकारी व्यवसाय हो । यस व्यवसायबाट निश्चित वस्तु तथा सेवाको उत्पादन गरिन्छ र नाफाको उद्धेश्य राखि सो वस्तु तथा सेवाको बजारिकरण गरिन्छ । यस व्यवसायमा मालिक एवं कामदारको रुपमा सम्वन्धित श्रमिकले नै भूमिका निर्वाह गर्दछ । मजदुरहरु नै संगठित भई पूँजी निर्माण गर्दछन्, उत्पादन गर्दछन् अनि वजारिकरणका कार्यहरु समेत उनिहरुले नै गर्दछन् र निश्चित ज्याला प्राप्त गर्दछन् । व्यवसायको संचालन र नियन्त्रण एवं नियमानुसार पाइने प्रतिफलको हिस्सेदार पनि मजदुरहर नै हुन्छन् । समग्रमा भन्नुपर्दा श्रमिक सहकारीमा कार्य वातावरण, दैनिक कार्य समय, ज्याला लगायत मजदुरहरुसँग आधारभूत रुपमा जोडिएका विषयहरुको व्यवस्थापन मजदुरहरुकै सहभागितामा लोकतान्त्रिक विधि अनुसार हुने गर्दछ ।
जुनसुकै विषय वा प्रकृतिको भए तापनि सहकारी संस्थामा सदस्यले शेयर पँजीको रुपमा पूँजी लगानी गर्ने, संस्थाको नीति नियमहरु तर्जुमा गरी आफुमध्येबाट निर्वाचित प्रतिनिधि मार्फत् संस्थाको दैनिक कार्य संचालन गर्ने तथा संस्थाको प्रकृति अनुसार उत्पादन, बजारिकरण, उपभोग र रोजगारी सम्वन्धी लाभ संस्थाबाट पाउने गरी सहकारी संस्थाहरु गठन र संचालन गरिन्छ । श्रमिक सहकारीहरु विशेषतः रोजगारीको लागि गठन र संचालन गरिने भएकाले यसमा सदस्यले शेयर लगानी गर्ने, सदस्यले तर्जुमा गरेको नीति र छानेका प्रतिनिधिहरुबाट संस्था संचालन गर्नुका साथै संस्थाले गर्ने उत्पादन, वजारीकरण, निर्माण लगायतका व्यवसायिक कारोवारमा सदस्य श्रमिक आफैंले श्रम गरी संस्थाको माध्यमबाट रोजगारी प्राप्त गर्दछ । दीगो रोजगारीको माध्यमबाट मजदुरहरुलाई समृद्ध बनाउने, जीवन स्तरमा सुधार गर्ने, कामलाई सम्मान गर्ने वातावरण बनाउने, मजदुरहरुलाई लोकतान्त्रिक विधिबाट स्वनियन्त्रणको अधिकार दिलाउने तथा स्थानीय समुदायको विकासमा योगदान पुर्याउने लगायतका उद्धेश्य श्रमिक सहकारीले राखेको हुन्छ । श्रमिक सहकारी संस्थासंग सदस्यहरुको सम्वन्ध ज्यालामा काम गर्ने मजदुरको रुपमा भन्दा पनि स्वायत्त श्रमिक सदस्यको रुपमा रहन्छ ।
श्रमिक सहकारीको आन्तरिक नीति नियमहरु मजदुर सदस्यहरुको सर्वस्वीकार्य सहभागितामा निर्माण तथा परिभाषित हुन्छन् । श्रमिक सहकारीमा श्रम गर्ने श्रमिकहरुको नै वाहुल्यता रहेको हुन्छ ।यसको मतलव श्रमिक सहकारीको सामान्य नियम अनुसार सदस्य आफैंले संस्थामा श्रम गर्नुपर्ने हुन्छ । तापनि विशेष अवस्थामा छोटो अवधिको मौसमि कामदारहरु राखी काम गराउन तथा भावी सदस्यलाई पहिले काम गराई दक्ष बनाएर सदस्यता प्रदान गर्न भने बाधा पर्दैन ।
श्रमिक सहकारीमा आफ्नो श्रमको सबै मूल्य श्रमिकले पाउने र मध्यस्थकर्ताबाट आफ्नो श्रमको शोषण हुन नदिई आफनै स्वामित्वमा व्यवसाय संचालन गरी आफैंले सो व्यवसायमा श्रम गर्ने र आफूले तोके बमोजिमकै श्रमको ज्याला पाउने अनि नियमानुसार प्रतिफल आर्जनमा पनि सहभागी हुने विषयलाई एउटा उदाहरणबाट प्रष्ट गर्न सकिन्छ । उदाहरणका लागि एउटा मजदुरले ठेकेदार मार्फत् कुनै काम गरेर दैनिक रु ५०० ज्याला पाउँछ र उसले गरेको श्रमको ज्याला ठेकेदारले दैनिक रु ७०० लिएको छ भने उसले रु ७०० बराबरको श्रम गर्यो तर श्रमको मूल्य भने रु ५०० मात्र पायो । रु २०० बराबरको श्रमको शोषण भयो अथवा ठेकेदार उसको श्रमबाट रु २०० ले नाफामा सहभागी भयो । तर उसकै श्रमिक सहकारी संस्था मार्फत् काम गरेको भए रु ५०० उसले अहिले ज्याला पाउँथ्यो र बाँकी रु २०० मध्येबाट संस्था संचालन खर्च कटाई विभिन्न कोषहरुको माध्यमबाट प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सबै प्रतिफल उसैले नै प्राप्त गर्न सक्दथ्यो ।
यस्तो अवस्थामा उसले गरेको श्रमबाट सहकारी संस्था वा अन्य कुनै पनि व्यक्तिले बीचमा नाफा खान पाउँदैन वा नाफामा सहभागी हुन पाउँदैन । यो नै श्रमिक सहकारीको मूल मर्म हो अथवा शोषण विहिन आर्थिक सम्वन्ध हो । श्रमिक सहकारीमा पनि उत्पादन, वितरण र उपभोगमा संयुक्त खरिद विधि र संयुक्त बिक्री विधिको प्रयोग गरिन्छ ।
विश्वमा श्रमिक सहकारीको अवस्था
विश्वमा श्रमिक सहकारिताको अभ्यासको शुरुवात उन्नाइसौं शताव्दीको मध्यतिर युरोपबाट भएको र यो अभ्यास हाल विश्वका विभिन्न देशहरुमा सफलतापूर्वक कार्यान्वयन अवस्थामा रहेको देखिन्छ । विशेषगरी श्रमिक सहकारीको वाहुल्यता रहेका र सफल रुपमा संचालन भइरहेका देशहरुमा युरोपको इटाली, फ्रान्स, बेलायत र स्पेन, मध्यपूर्वको इजरायल, उत्तरी अमेरिकाको संयुक्त राज्य अमेरिका र क्यानाडा, दक्षिणी अमेरिकाको मेक्सिको, भेनेजुएला, उरुग्वे र अर्जेन्टिना तथा एशियाको भारत र दक्षिण कोरिया लगायतका देशहरु पर्दछन् ।
श्रमिक सहकारीहरुका सम्वन्धमा विभिन्न देशहरुमा विभिन्न समयमा विभन्न विषयहरुमा केन्द्रित रहेर अध्ययनहरु समेत भएको देखिन्छ । यस्ता अध्ययनहरुको निचोडको रुपमा व्यवसाय संचालनका आधारभूत तत्वको रुपमा रहेका निम्न विषयहरुमा श्रमिक सहकारीबाट संचालित व्यवसायहरु निम्न अनुसार अन्य व्ययवसायहरु भन्दा सफल देखिएका छन् ।
१. व्यवसायको लचकता तथा टिकाउ (Business Resilience and Durability)
उरुग्वेमा सन् १९९७ देखि २००९ सम्म गरिएको अध्ययन अनुसार आर्थिक मन्दीको समयमा पनि श्रमिक सहकारीले संचालन गरेको व्यवसाय अरु कम्पनी व्यवसाय भन्दा २९ प्रतिशतले कम वन्द भएको देखिएको छ । इटालीमा गरिएको एक अध्ययन अनुसार विश्व आर्थिक मन्दीको समयमा ४८ प्रतिशत अन्य व्यवसायिक संगठनहरुले परिस्थितिको सामाना गरी टिक्न सफल भएका थिए भने श्रमिक सहकारीले संचालन गरेका व्यवसायिक संगठनहरुमा यो दर ७४ प्रतिशत रहेको थियो । त्यस्तै २००८ को आर्थिक मन्दीमा फ्रान्समा अन्य व्यवसायको टिक्ने दर ६६ प्रतिशत रहँदा श्रमिक सहकारीबाट संचालित व्यवसायमा यो दर ८० देखि ९० प्रतिशत रहेको थियो । यस अवधिमा अन्य उद्योगहरुमा श्रमिक संख्या ०.७ प्रतिशतले घट्दा श्रमिक सहकारीमा सदस्य संख्या ४.२ प्रतिशतले बढेको थियो । यसैगरी २०१२ मा फ्रान्स र इटलीमा गरिएको अध्ययन अनुसार आर्थिक मन्दीको अवस्थामा पनि श्रमिक सहकारीबाट संचालित उद्योगहरुमा बढी व्यवसायिक लचतकता (Business Resilience) देखिएको कारण यस्ता व्यवसायमा कम असर परेको थियो ।
२. ज्याला तथा रोजगारीमा स्थायित्व
इटालीमा २००६ मा गरिएको एक अध्ययन अनुसार श्रमिक सहकारीले दिने ज्यालादर अन्य कम्पनीको ज्यालादर भन्दा औसतमा १५ प्रतिशत कम भए तापिन रोजगारीको स्थायित्व भने श्रमिक सहकारीहरुमा बढी देखिएको थियो । मजदुरहरुलाई कामको उचित वातावरण ,शिक्षा, आवास लगायतका सुविधा उपलव्ध गराउने, आफ्नै स्वामित्वमा काम गर्न पाइने तथा आर्थिक संकटको समयमा पूँजीवादी व्यवसायले ज्यालादर तथा रोजगारीमा कटौती गर्ने लगायतका समस्याबाट मुक्त भई आफ्नै वातावरणमा स्थायी रुपमा काम गर्न श्रमिक सहकारी नै रोजेको कारणले गर्दा रोजगारीमा स्थायित्व भएको सो अध्ययनको निष्कर्श थियो ।
३. ज्यालामा असमान दरमा कमी
इटालीमा गरिएको एक अध्ययन अनुसार श्रमिक सहकारीमा न्यूनतम र अधिकतम ज्यालाको अन्तर औसतमा १० प्रतिशत मात्र रहेको थियो । यो दर अन्य व्यवसायको औसत अन्तर दर भन्दा १४ प्रतिशतले कम हो । स्पेनमा रहेको विश्वको सबैभन्दा ठूलो श्रमिक सहकारी मेन्ड्रागन कर्पोरेशन मा न्युनतम र अधिकतम् ज्याला दरको अन्तर ११ प्रतिशत मात्र रहेको छ ।
४. उत्पादकत्व
युरोपेली देशहररुमा विभिन्न समयमा गरिएको अध्ययन अनुसार श्रमिक सहकारीहरुको उत्पादकत्व अन्य व्यवसायहरुको तुलनामा बढी रहेको देखिएको छ । सन् १९९५ मा संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययन अनुसार अन्य मुख्य व्यवसायिक संगठनहरुको तुलनामा श्रमिक सहकारीले संचालन गरेको व्यवसायमा उत्पादकत्व ६ देखि १४ प्रतिशतसम्म बढी पाइएको थियो ।
५. श्रमिकको सन्तुष्टि, विश्वसनियता, स्वास्थ्य तथा काम प्रतिको प्रतिवद्धता
फ्रान्स, इटली, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका लगायतका देशहरुमा सन् १९९५ देखि २०१२ सम्मको विभिन्न समयमा गरिएको अध्ययन अनुसार अन्य व्यवसायहरुमा भन्दा श्रमिक सहकारीहरुबाट संचालित व्यवसायहरुमा श्रमिक हरु सन्तुष्ट, स्वस्थ, कामप्रति प्रतिवद्ध तथा विश्वसनीय रहेको पाइएको थियो ।
६. वातावरण
सन् १९९५ मा वातारणीय अर्थशास्त्र सम्वन्धी संस्था इकाेलाेजिकल इकाेनाेमिक्सले बताए अनुसार श्रमिक सहकारीले अन्य व्यवसायहरुले भन्दा प्रभावकारी र दक्षतापूर्ण ढंगले प्राकृतिक स्रोत साधनको प्रयोग गरेर वातावरणमा कम नोक्सान पुर्याएको देखिएको छ ।
नेपालमा श्रमिक सहकारीको सम्भावना
नेपाल श्रमिक संख्याको हिसावले विश्वको ३७ औं मुलुकको रुपमा रहेको छ ।सन् २०१७ मा प्रकाशित तथ्याँक अनुसार नेपालमा १ करोड ६८ लाख श्रमिकहरु रहेका छन् जुन नेपालको कूल जनसंख्याको लगभग दुईतिहाई हो । नेपालमा कृषि क्षेत्रमा जम्मा ६५ प्रतिशत, औद्योगिक क्षेत्रमा ९ प्रतिशत,सेवा क्षेत्रमा २० प्रतिशत र ६ प्रतिशत मजदुरहरु अन्य क्षेत्रमा कार्यरत रहेको अवस्था देखिन्छ । कूल मजदुर संख्यामा महिला र वाल मजदुरहरु तथा वैदेशिक रोजगारीमा रहेका मजदुरहरु समेत रहेका छन् । महिला र बालबालिकाले गरेको श्रम आर्थिक रुपमा गणना नहुने समेत अवस्था छ । नेपालका कूल श्रम गर्ने जनशक्ति मध्ये १६ प्रतिशत श्रमिकहरु ज्याला लिएर काम गर्ने रहेको तथ्याँकले देखाएको छ (स्रोतः विकिपेडिया) । असंगठित क्षेत्रमा कार्यरत श्रमिकहरुलाई संगठित क्षेत्रमा ल्याएर श्रमलाई बढी व्यवस्थित र उत्पादनमूलक बनाउन आवश्यक देखिएको छ ।
नेपालमा सरकारी कार्यक्रमको रुपमा वि. सं. २०१३ चैत्र २० गते शुरु भएको सहकारी अभियान २०४८ सालसम्म सरकार नियन्त्रित विशेष गरी सरकारी संस्थानहरुको वितरण माध्यम (डिलर) को रुपमा रहेको पाइन्छ भने वि. स. २०४९ जेठ २ गते सहकारी ऐन २०४८ जारी भएपछि सदस्यको माग अनुसार सहकारी सिद्धान्तमा आधारित स्वयात्त सहकारी संस्था तथा संघहरु गठन भई संचालन हुन थालेका हुन् । हालको अवस्थासम्म आइपुग्दा नेपालको सहकारी अभियानमा लगभग तीस हजार सहकारी संस्थाहरुमा ७३ लाख भन्दा बढी व्यक्तिहरु आवद्ध भएको, छ खर्ब भन्दाबढी पूँजी निर्माण र परिचालन भएको तथा लगभग एक लाख प्रत्यक्ष र दश लाख अप्रत्यक्ष रोजगारी सहकारी क्षेत्रबाट सृजना भएको अवस्था छ ।
नेपालको विभिन्न आर्थिक क्षेत्रमा श्रमिक सहकारीको सम्भावना देखिए तापिन श्रमिक सहकारीको वारेमा कानूनी व्यवस्था हालै मात्र भएको र यस भन्दा अगाडि श्रमिक सहकारीको वारेमा छलफल, वहस केही पनि नभएको अवस्था छ । स्वायत्त सहकारी क्षेत्रको व्यवस्था गरी जारी भएको नेपालको पहिलो कानूनी व्यवस्था सहकारी ऐन २०४८ ले श्रमिक सहकारी गठन र संचालनका वारेमा कुनै व्यवस्था नगरेको कारणले पनि यस किसिमको सहकारीका बारेमा खासै चासो नभएको हो । हालको कानूनी व्यवस्थाको रुपमा रहेको सहकारीऐन २०७४ ले कम्तिमा १५ जना निश्चित सीप र क्षमता भएका व्यक्तिहरुले श्रमिक सहकारी खोली संचालन गर्न सक्ने व्यवस्था गरेपछि भने हाल आएर श्रमिक सहकारीको फाट्टफुट्ट चर्चा र अभ्यास समेत हुन थालेको अवस्था छ । नेपालको सन्दर्भमा हेर्दा निम्न क्षेत्रहरुमा श्रमिक सहकारी खोली संचालन गरेर श्रमको क्षेत्रलाई व्यवस्थित र गणनायोग्य बनाउन तथा श्रमिकहरुकै स्वामित्व र नियन्त्रणमा व्यवसाय संचालन गरी मजदुरहरुलाई आफनो श्रमको मालिक आफैं बनाई श्रमको शोषणबाट मुक्त गराएर लैजान सकिने अवस्था देखिन्छ ।
१. कृषि क्षेत्रमा
नेपाल कृषि प्रधान देश भएकाले कृषि क्षेत्रमा धेरै रोजगारीको अवसर रहेको छ । कृषि क्षेत्रमा आफ्नो स्वामित्वमा रहेको भूमिमा आफूले नै खेती गर्ने किसान वर्गको वाहुल्यता रहेको छ भने भूमिहीन मजदुरहरु पनि कृषि क्षेत्रमा कार्यरत रहेको अवस्था छ । खेती गरिरहेका कृषकहरुको जमीनलाई चक्लावन्दी गरी संयुक्त रुपमा उत्पादनका साधनहरु जुटाएर खेती गर्ने तथा उत्पादनको वजारिकरण समेत गर्दा उत्पादन र वजारमा प्रभावकारिता ल्याई निर्वाहमुखी कृषि प्रणालीलाई व्यवसायिक बनाउन सकिन्छ । यसका लागि कृषकहरुको श्रमिक सहकारी गठन गर्ने, सबै कृषकहरुको जमीन एकिकृत गरी चक्लावन्दी गर्ने, सहकारीले किसानको जमीन भाडामा लिने र खेती गर्ने कार्यको सम्पूर्ण व्यवस्थापन सहकारीले गर्ने तथा सदस्य किसानहरुले खेती गर्ने काममा श्रम गरी सहकारीबाट ज्याला पाउनुका साथै उत्पादन वजारिकरणबाट भएको नाफाबाट समेत लगानी र श्रम गरेको आधारमा प्रतिफल पाउने गरी सहकारी संस्थाको कार्यलाई व्यवस्थित गर्न सकिन्छ । यो कार्य सम्वन्धित कृषकहरुको कृषि सहकारी गठन गरेर पनि गर्न सकिन्छ ।
२. भूमिहीन कृषि श्रमिकहरुलाई रोजगारीको सृजनामा
आफ्नो जमीन नभएका तर कृषि कार्यमा संलग्न मजदुरहरु अथवा वेरोजगार मजदुरहरुलाई उनीहरुकै स्वामित्व र नियन्त्रणमा सहकारी संस्था खोलेर कृषि उत्पादन र वजारिकरणमा संलग्न गराउन सकिन्छ ।नेपालमा रहेका वेरोजगार युवाहरुलाई रोजगारीमा संलग्न गराउन यो विधि प्रभावकारी हुने देखिन्छ । निश्चित क्षेत्रमा रहेका यस्ता मजदुरहरु संलग्न गराई श्रमिक सहकारी गठन गरी निजी, सरकारी तथा संस्थागत स्वामित्वमा रहेका जमीनहरु यस्ता सहकारीहरुले लिजमा लिएर खेती गर्ने कार्य गर्दा स्थानीय स्तरमा नै रोजगारीको अवसर पनि सृजना हुने अनि खाली जमीनको समेत सदुपयोग भई गुणस्तरीय कृषि उत्पादन र वितरणमा समेत टेवा पुग्ने देखिन्छ । यस कार्यमा नेपालका सबै स्थानीय तहहरुले वेरोजगार युवाहरुको श्रम सहकारी गठन गर्ने र आफ्नो क्षेत्रमा रहेको ऐलानी, पर्ती जमीन लिजमा सहकारीलाई उपलव्ध गराएर श्रम गराउने अभियान चलाएमा उत्पादन र र रोजगारीको क्षेत्रमा ठूलो फड्को मार्न सकिने अवस्था देखिन्छ ।हालको महामारीको कारणले रोजगारीको अवसर कम हुँदै गएको तथा खाद्यान्न लगायत कृषि उत्पादनको आपूर्ति असहज भएको अवस्थामा स्थानीय स्तरमा नै रोजगारी र आपूर्ति व्यवस्था मिलाई आर्थिक आत्मनिर्भरता कायम गर्न सकिन्छ ।
३. पर्यटन व्यवसायमा
नेपालमा पर्यटन उद्योगको पनि राम्रो सम्भावना रहेको छ । पर्यटकलाई पथ प्रदर्शन गर्ने, पर्यटकीय क्षेत्र र पूर्वाधारको विकास गर्ने, विभिन्न पुरातात्विक महत्वका प्राचीन सामाग्रीहरु र विशेष खालका सामाग्रीहरुको संकलन तथा उत्पादन गरेर बिक्री गर्ने लगायतका कार्यहरुमा सम्लग्न मजदुरहरुले यो कार्य आफ्नै स्वामित्व र नियन्त्त्रणमा सहकारी मार्फत् गर्न चाहेमा पर्यटन सम्वन्धी श्रम सहकारी खोल्न सकिन्छ र यसको माध्यमबाट पर्यटन क्षेत्रका मजदुरहरुले श्रमको शोषणबाट मुक्त हुन सक्दछन् ।
४. निर्माण कार्यकाे क्षेत्रमा
निर्माण कार्यमा ठेकेदार मार्फत् श्रम गरिरहेका श्रमिकहरुले आफ्नै स्वामित्व र नियन्त्रणमा श्रमिक सहकारी संस्था खोली आफ्नो श्रमको उचित ज्याला लिने तथा आफ्नो अनुकूलको कार्य वातावरण निर्माण गरी काम गर्न सक्दछन् । यसका लागि निर्माण कार्यको ठेक्का श्रमिक सहकारीले लिने र सदस्य मजदुरहरुले काम गर्ने र सहकारीबाट ज्याला लिने तथा योगदानको आधारमा श्रमिकहरुले नै प्रतिफल लिने गरी कार्य गर्न सकिन्छ ।नेपालको सन्दर्भमा निजी तथा सरकारी भवनहरु निर्माणमा संलग्न दक्ष तथा अदक्ष मजदुरहरुले यस किसिमको सहकारी खोली संचालन गर्न सक्ने अवस्था देखिन्छ ।
५. यातायात क्षेत्रमा
नेपालको यातायत क्षेत्रमा पनि धेरै मजदुरहरु कार्यरत रहेका छन् । यो क्षेत्रका मजदुरहरुले आफ्नै स्वामित्वमा यातायातको साधन राखी आफैंले श्रम गरी संचालन गर्न सक्दछन् । यसका लागि मजदुरहरुले श्रमिक सहकारी खोल्ने, पूँजी जुटाउने र यातायात साधन खरिद गरी संचालन गर्ने, यातायात संचालनका लागि आफैं खट्ने र ज्याला प्राप्त गर्ने र नियानुसार प्राप्त हुने प्रतिफलमा समेत सहभागी हुने अवस्था रहन्छ र यातायात मजदुरहरुले आफूले गरेको श्रमको प्रतिफल आफैले प्राप्त गर्ने अवस्था रहन्छ । यो विधिबाट रिक्सा, ठेलागाडा, टेम्पोदेखि लिएर ठूलाठुला वसहरु पनि संचलान गर्न सकिन्छ ।
६. ढुवानी क्षेत्रमा
नेपालमा मजदुरहरु संलग्न भएको अर्को क्षेत्र ढुवानी क्षेत्र पनि हो। भरिया देखि लिएर ठुला ठुला ढुवानी कम्पनीहरुमा मजदुरहरु कार्यरत रहेका छन् । यी मजदुरहरुले पनि आफ्नै स्वामित्व र नियन्त्रणमा श्रमिक सहकारी खोली आफैंले निर्धारण गरेको ज्याला लिई आफैंले काम गर्ने गरी ढुवानी व्यवसाय संचालन गर्न सक्दछन् र आफ्नो श्रमको सम्पूर्ण मूल्य आफैंले प्राप्त गर्न सक्दछन् ।
७. औद्योगिक क्षेत्रमा
औद्योगिक क्षेत्रमा कार्यरत मजदुरहरुलाई आफैं कारखानाको मालिक बनाई आफ्नै कारखानामा आफैंले तोकेको ज्याला लिई काम गर्ने वतावरण दिलाउने माध्यम पनि श्रमिक सहकारी नै हो । नेपालमा धेरै मजदुरहरु औद्योगिक क्षेत्रमा कार्यरत रहेको अवस्थामा यो क्षेत्र पनि श्रमिक सहकारीका लागि सम्भाव्य क्षेत्र हो । मजदुरहरु संगठित भई पूँजी निर्माण गरी उद्योग खोल्ने, उत्पादन र वितरणमा आफैंले श्रम गरी ज्याला लिने र योगदानको आधारमा प्रतिफल समेत प्राप्त गर्ने गरी औद्योगिक क्षेत्रका मजदुरहरुले श्रमिक सहकारी संचालन गर्न सक्दछन् ।
८. होटल, रेष्टुरेन्ट क्षेत्रमा
नेपालमा श्रमिक सहकारी खोलेर संचालन गर्न संभाव्यता देखिएको अर्को क्षेत्र भनेको होटल तथा रेष्टुरेन्ट क्षेत्र पनि हो । यस क्षेत्रमा कार्यरत मजदुरहरुले पनि श्रमिक सहकारीको माध्यमबाट संगठित भई आफ्नै स्वामित्व र नियन्त्रणमा होटल तथा रेष्टुरेन्ट व्यवसाय संचालन गरी श्रम समेत आफैं गरी ज्याला र प्रतिफलमा सहभागी हुन सक्दछन् ।
९. अन्य क्षेत्रमा
माथि उल्लेखित क्षेत्र वाहेक सहकारिताको मूल्य, मान्यता सिद्धान्त र प्रचलित कानून बमोजिम सम्भाव्य देखिएका अन्य क्षेत्रहरुमा पनि श्रमिक सहकारी गठन गरी संचालन गर्न सकिन्छ ।
निष्कर्श
विश्वका विभिन्न देशहरुमा श्रमिक सहकारीहरु धेरै अगाडिदेखी खुली सफलतापूर्वक संचालन भइरहेका भए तापिन नेपालको सन्दर्भमा यो नयाँ क्षेत्रको रुपमा रहेको छ । श्रमको क्षेत्रलाई व्यवस्थित र गणनायोग्य बनाउन तथा श्रमिकहरुकै स्वामित्व र नियन्त्रणमा व्यवसाय संचालन गरी मजदुरहरुलाई आफ्नो श्रमको मालिक आफैं बनाई श्रमको शोषणबाट मुक्त गराएर लैजान श्रमिक सहकारी एउटा गतिलो मध्यम वन्न सक्दछ । नेपालको संविधान २०७२ ले गरेको व्यवस्था अनुसार सरकारी क्षेत्र,निजी क्षेत्र र सहकारी क्षेत्र देशको आर्थिक विकासका माध्यम हुन् । नीजी र सहकारी व्यवसायका आफ्ना आफ्नै अवधारणा र विशेषताहरु रहेको हुँदा सो विशेषता बमोजिम सबै किसिमका व्यवसायहरुको आफ्नो आफ्नो प्रयासबाट नै समग्रमा समृद्धि हासिल गर्न सकिन्छ ।त्यस्तै हाल कोरोना महामारीबाट विश्व अर्थतन्त्रमा गम्भीर असर परिरहेको वर्तमान अवस्थामा रोजगारीको अवसर गुम्ने तथा नयाँ रोजगारी सृजना हुन नसक्ने अवस्था रहेको छ र यसबाट निम्न आय वर्गमा पर्ने श्रमिकहरु बढी प्रभावित हुने अवस्था देखिएको छ ।
तसर्थ श्रमिक वर्गलाई दीगो रोजगारीको अवसर प्रदान गर्नका लागि अव यस्ता श्रमिकहरुको सहभिगतामा श्रम सहकारी गठन गरेर उत्पादन, वजार, उपभोग र रोजगारीमूलक कार्यमा मजदुर स्वयंलाई नै क्रियाशील गर्नुपर्ने अवस्था आएको छ ।नेपाल कृषि प्रधान देश भएकाले वेरोजगार श्रमिकहरुको श्रम सहकारी गठन गर्ने, सरकारी, संस्थागत तथा निजी जमीनहरु लीजमा त्यस्ता सहकारीहरुले लिने र श्रमिक सदस्यहरुले खेती गरी उत्पादन अनि वजारिकरण गरियो भने श्रमिकले रोजागरीको अवसर पनि पाउने तथा खाद्यान्न, तरकारी तथा फलफूल दुग्ध पदार्थ लगायतका अत्यावश्यक उपभोग्य वस्तुहरुको आपूर्ति आन्तरिक रुपमा नै गर्न सकिन्छ । यसैगरी विभिन्न क्षेत्रका दक्ष, अर्धदक्ष तथा अदक्ष श्रमिकहरुलाई सहकारी मार्फत् संगठित गरी आ आफ्नो क्षेत्रको रोजगारमूलक कार्यमा संलग्न गराई रोजागरीको समस्यालाई समाधान गर्न सकिन्छ । श्रमिकहरुलाई संगठित गर्ने, श्रमिक सहकारीको अवधारणा र फाइदा बारे अमिमुखिकरण गर्ने गराउने, गठन र दर्ता प्रक्रियमा सहजीकरण गर्ने, पूर्वाधार उपलव्ध गराउन सहजीरकण गर्ने, प्रारम्भिक चरणमा बीउ पूँजी उपलव्ध गराउने लगायतका कार्यहरुमा सरकार तथा सहकारी अभियानको भूमिका महत्वपूर्ण हुने देखिन्छ । (लेखक प्रदेश नं १ सहकारी विभागका रजिष्ट्रार हुनुहुन्छ ।)
श्रमिक सहकारीको पृष्ठभूमि