सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

टेलिकमको २२ प्रतिशत सरकारी सेयर सर्वसाधारणलाई बिक्री गरिँदै, मूल्य कति ?


  •    न्युजभित्तो/२० जेष्ठ २०७८, बिहीबार ११:२५ 
  • काठमाडौं,२० जेठ  । सरकारले आगामी आर्थिक वर्षको बजेटको बुँदा नम्बर ४२८ मा नेपाल दूरसञ्चार कम्पनीको २२ प्रतिशत सेयर टेलिकमका प्रयोगकर्तालाई बिक्री गर्ने घोषणा गरेको छ । स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच वृद्धि गर्नका लागि नेपाल सरकारले आफ्नो नाममा रहेको सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

    बजेटमा उल्लेख भएअनुसार दूरसञ्चार कम्पनीका मोवाइल, ल्याण्डलाइन र इन्टरनेट प्रयोगकर्ताले उक्त सेयर लिन पाउने छन् ।

    ‘नेपाल दूरसञ्‍चार कम्पनीको स्वामित्व र प्रतिफलमा सेवाग्राहीको पहुँच विस्तार गर्न कम्पनीका मोवाइल, ल्याण्डलाइन र इन्टरनेट सेवा उपभोग गर्ने प्राकृतिक व्यक्तिलाई कम्पनीको २२ प्रतिशत सेयर विनिवेश गरिनेछ,’ बजेटमा भनिएको गरिएको छ ।

    आगामी वर्षको पुस मसान्तसम्मसम्म टेलिकमको सेवा- सुविधा लिने सेवाग्राहीले सेयर खरिद गर्न पाउने भएका छन् । बजेटमा व्यवस्थाअनुसार टेलिकमले बजारमा सेयर जारी गर्न भने पाउने छैन । सरकारले आफ्नो स्वामित्वमा रहेको २२ प्रतिशत सेयर सर्वसाधारणलाई बेच्न लागेका हो, जसलाई प्राविधिक भाषामा ‘डिसइन्भेस्टमेन्ट’ अर्थात विनिवेश भनिन्छ ।

    सरकारसँग टेलिकमको ९१.५ प्रतिशत सेयर रहेको छ । बाँकी ८.५ प्रतिशत सेयरमध्ये सर्वसाधारणको ४ प्रतिशत, कर्मचारीको ४.४७ प्रतिशत र नागरिक लगानी कोषको ०.०३ प्रतिशत सेयर स्वामित्व रहेको छ । सरकारले विनिवेश गरेपछि सर्वसाधारणको टेलिकममा सेयर स्वामित्व २६ प्रतिशत कायम हुनेछ भने सरकारको सेयर ६९.५ प्रतिशतमा खुम्चिनेछ । विनिवेशसम्वन्धी आवश्यक प्रकृया सरकारले आगामी असोज मसान्तभित्र टुङ्ग्याउने बताएको छ ।

    नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने वा रणनीतिक साझेदार भित्र्याउने विषयमा पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको समयदेखि नै छलफल भइरहेको थियो । रणनीतिक साझेदार भित्र्याउँदा ४५ प्रतिशतभन्दा बढी सेयर दिनुपर्ने तथा नेपालको पुँजी पलायन हुन सक्ने भन्दै बास्कोटा यसको विपक्षमा रहेका थिए । नेपाल टेलिकम नाफामा गएको कम्पनी नभएकाले बरु यसको २६ प्रतिशत सेयर सर्वसाधारणमा जारी उक्त रकम टेलिकमको क्षमता बिस्तारमा लगाउनुपर्नेमा उनले जोड दिएका थिए ।

    नेपाल टेलिकमको पुँजी प्रतिकित्ता १०० रुपैयाँका दरले १५ करोड कित्ताको १५ अर्ब रुपैयाँ रहेको छ । जसमध्ये नेप्सेमा ९ प्रतिशत अर्थात १ करोड ३५ लाख कित्ता सेयर खरिद-बिक्री गर्न सकिन्छ । त्यसमध्ये ६७ लाख ५० हजार कित्ता सेयर मात्रै नियमितरूपमा कारोबार हुने गरेको छ । सेयर बजारमा टेलिकमको सेयरको आपूर्ति कम रहेकाले यसको मूल्य पनि बढी रहेको छ । अहिले नेप्सेमा यसको प्रतिसेयर मूल्य १२७७ रूपैयाँ रहेको छ ।

    सरकारले विनिवेश गर्ने सेयरको मूल्य निर्धारण भने गर्न बाँकी छ । पछिल्लो बार्षिक प्रतिवेदनुसार टेलिकमको प्रिमियमसहित प्रतिसेयर मूल्य ६६० रुपैया भन्दा बढी रहेको छ । यसअघि टेलिकमले सर्वसाधारणका लागि आइपीओ जारी गर्दा प्रतिकित्ता सेयर ६ रुपैयाँ मूल्य तोकेको थियो । त्यसैले सरकारले पनि ६०० रूपैयाँभन्दा कममा टेलिकमको सेयर बिक्री गर्ने देखिदैन ।

    सरकारको आफूसँग रहेको १३ करोड ७२ लाख ५० हजार कित्तामध्ये २२ प्रतिशतअर्थात ३ करोड १ लाख ९५ हजार कित्ता सेयर बिक्री गर्नेछ । ६ सय मूल्य कायम गरेर सेयर बिक्री गरेमा सर्वसाधारणबाट १८ अर्ब ७१ करोड ७० लाख रूपैयाँ उठ्न सक्छ ।

    नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक सरकारी कम्पनी हो । टेलिकमको १३ औं बार्षिक प्रतिवेदनअनुसार यसको आम्दानीमा भ्वाइसकलको ५२.६९ प्रतिशत हिस्सा र डाटाको ४८.६८ प्रतिशत हिस्सा रहेको छ । गत आर्थिक वर्ष टेलिकमले ९ अर्ब ७५ करोड मुनाफा कमाएको टेलिकमको प्रतिसेयर आम्दानी ६४.९९ प्रतिशत रहेको छ । गत वर्ष टेलिकमले सरकारलाई ४४ अर्ब ९९ करोड रुपैयाँ राजस्व बुझाएको थियो । टेलिकमले गत वर्षको मुनाफाबाट प्रतिकित्ता सेयर ४० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि…
    तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो
    साफ च्याम्पियनसिपका लागि खेलाडी छनोट
    • नेप्से परिसूचक १८ अङ्कले घट्यो
    • परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको भेट
    • प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै
    • चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.