सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बजेटको व्यवस्थाअनुसार राजस्व विभागद्वारा कर छुट दिन शुरु


  •    न्युजभित्तो/१८ जेष्ठ २०७८, मंगलवार १४:५३ 
  • काठमाडौँ, १८ जेठ । बजेटमा उल्लेख भएको कर छुटसम्बन्धी व्यवस्था कार्यान्वयनमा जान थालेको छ । आन्तरिक राजस्व विभागले बजेटमा उल्लेख भएको विषयमा कर छुट तथा सहुलियत दिन शुरु गरेको हो । आर्थिक अध्यादेश २०७८ को दफा २० देखि ३३ सम्म मुद्दा परेका, वक्यौता रहेका, पुनरावेदनमा रहेका, व्यवसायीको आम्दानी अनुसारको आयकरमा छुट लगायतको विशेष व्यवस्था छ ।

    सोही व्यवस्थालाई आन्तरिक राजस्व विभागले कार्यान्वयन गर्न थालेको हो । विभागले आर्थिक अध्यादेशबाट प्रदान गरिएको कर छुट तथा सहुलियतको व्यवस्था अध्यादेश जारी भएको मिति २०७८ जेठ १५ गतेदेखि लागू भएको जनाएको छ ।

    मुद्दा परेका, वक्यौता रहेका, पुनरावेदनमा रहेका मुद्दा फिर्ता लिइ कर तिरेमा कर छुट तथा सहुलियत हुने विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले बताए । सेवाग्राहीले आन्तरिक राजस्व विभाग तथा करदाता कार्यालयमा सम्पर्क गरेर सुविधा लिन सकिने विभागको भनाइ छ ।  तर दफा २८ को कोरोना प्रभावित उद्योग व्यवसायको आयकरमा ९० प्रतिशतसम्म छुट दिने व्यवस्था भने आगामी साउनदेखि लागु हुने विभागले स्पष्ट पारेको छ ।

    यस दफाको उपदफा १ मा २० लाख रुपैयाँ सम्म कारोबार हुने व्यवसाय वा २ लाख सम्म आम्दानी हुने करदातालाई ९० प्रतिशत छुटको व्यवस्था छ भने उपदफा दुईमा २० लाखदेखि माथि ५० लाखसम्मको कारोबारमा ७५ प्रतिशत कर

    छुटको व्यवस्था गरिएको छ ।
    यस्तै उपदफा ३ मा एक करोडसम्म कारोबार भएको व्यवसायीले आयकरमा ५० प्रतिशत छुट र उपदफा ४ मा  होटल, ट्राभल, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चारगृह, यातायात वा हवाइ सेवामा एक करोडभन्दा बढी कारोबार गर्ने व्यक्तिलाई आयमा एक प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ ।

    तर, पछिल्लो दुई आर्थिक वर्षमा नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी कट्टा गर्न पाउने अवधि तीन वर्ष थपिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    राज्य व्यवस्था समितिको टोलीद्वारा कञ्चनपुर कारागार अनुगमन
    बागलुङका ७७ वटा खानेपानी मुहानमा ‘कोलिफर्म’ फेला
    बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा सिंह
    • पाल्पाबाट दालचिनी भारत निर्यात
    • नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल
    • रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट
    • नेप्से परिसूचक आठ अङ्कले घट्यो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.