सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका सात पालिकाले कुनले कति बजेट पाए अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ?


  •    न्युजभित्तो/१६ जेष्ठ २०७८, आईतवार १५:०८ 
  • चितवन, १६ जेठ । चितवनका सात पालिकाले संघीय सरकारले पठाउने विभिन्न प्रकारका अनुदानमध्ये सबैभन्दा बढी भरतपुर महानगरपालिकाले पाएको छ । सबैभन्दा कम ईच्छाकामना गाउँपालिकाले पाएको हो ।

    अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत भरतपुर महानगरपालिकाले १ अर्ब ६४ करोड २४ लाख रुपैयाँ प्राप्त गरेको छ । जिल्लामा दोस्रो नम्बरमा पर्न सफल रत्ननगर नगरपालिकाले ५३ करोड १३ लाख रुपैयाँ प्राप्त गरेको छ । यसैगरी क्रमशः राप्ती ननगरपालिकाले ४८ करोड ९७ लाख, माडी नगरपालिकाले ४५ करोड ३८ लाख, खैरहनी नगरपालिकाले ४२ करोड १३ लाख, कालिका नगरपालिकाले ४० करोड २१ लाख र ईच्छाकामना गाउँपालिकाले ३५ करोड ९७ लाख रुपैयाँ प्राप्त गरेको छ ।

    सरकारले संघबाट वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी चार प्रकारका अनुदान स्थानीय सरकारमा पठाउने गरेको छ । यस्तो अनुदान राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको सिफारिसका आधारमा अर्थ मन्त्रालयले बजेट विनियोजन गर्ने प्रावधान रहेको छ । वित्तीय समानीकरण अनुदान स्थानीय सरकारले निःशर्त पाउने रकम हो ।

    यस्तो अनुदानलाई उनीहरुले आफ्ना कार्यक्रममा राखेर बजेट बनाउन सक्छन् । आयोगले न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्य सम्पादनमा आधारित रहेर सिफारिस गर्छ । संघीय बजेटपछि प्रदेशले बजेट सार्वजनिक गर्ने छ । संघर प्रदेशले दिने अनुदारका आधारमा स्थानीय सरकारले बजेट तर्जुमा गर्ने गर्दछन् ।

    तालिकामा हेर्नुहोस् जिल्लाका कुन पालिकाले कुन शीर्षकमा कति रकम पाए :

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.